हरेक मानिसमा कमजोरी र शक्ति हुन्छ। यी मध्ये केही मानिसमा जन्मजात हुन्छन् भने केही मानिस आफैंले विकास गर्छ। त्यसैको आधारमा व्यक्तिको व्यक्तित्व बन्ने गर्छ। ज्योतिष शास्त्रमा यस्ता ५ राशिहरु बताईएको छ, जुन राशिका मानिस जन्मदै बलियो व्यक्तित्वका मालिक हुन्छन्। जसका कारण उनीहरु असल नेता साबित हुनुका साथै जुन क्षेत्रमा जान्छन् त्यसमा धेरै सफलता पाउँछन्। अन्य मानिस यी राशिका व्यक्तिको व्यक्तित्वको बारेमा प्रशंसा नगरी बस्न सक्दैनन्।
मेष राशि

मेष राशिको स्वामी मंगल हो। यसका कारण यस राशिका व्यक्तिहरूमा साहस, निडरता र पराक्रमको भावना हुन्छ। उनीहरुको व्यक्तित्व निकै बलियो हुन्छ। जसका कारण अन्य मानिसमा उनीहरुप्रति डर रहने गर्छ। उनीहरुको आत्मविश्वासले नै उनीहरुलाई सबै क्षेत्रमा सफलता दिन्छ।
सिंह राशि

सिंह राशिमा सूर्यको प्रभाव रहन्छ। यस राशिका मानिसहरु हरेक कुरामा तेज र सफल हुन्छन्। उनीहरुले आफ्नो जीवनमा धेरै सम्मान पाउँछन्। यी मानिसको आत्मविश्वास र तेजस्वी शैलीले उनीहरुको व्यक्तित्व थप्छ। अन्य मानिस सजिलै यस राशिका मानिसलाई आफ्नो लिडर मान्छन्।
वृश्चिक राशि

वृश्चिक राशिका मानिसहरु निकै खुसमिजास र बुद्धिमान हुन्छन्। उनीहरु सबै कार्य निकै सावधानीपूर्वक गर्छन्। यस राशिका मानिसको व्यक्तित्वमा ठूलो आकर्षण हुन्छ, जसका कारण अन्य मानिसले यिनीहरुको कुरा सजिलै स्वीकार गर्छन्। यी मानिसहरू जन्मजात लिडर हुन्छन्।
मकर राशि

मकर राशिको स्वामी शनि हो। त्यसैले यस राशिका व्यक्तिहरू मेहनती, इमान्दार, परिश्रमी र सँधै सत्यको पक्षधर हुन्छन्। उनीहरुको यी विशेषताहरूले यी मानिसको व्यक्तित्वलाई धेरै बलियो बनाउँछ। यी मानिसहरूमा आफ्नो लक्ष्य हासिल गर्ने यस्तो जोश हुन्छ कि आफ्नो लक्ष्य प्राप्त नभएसम्म यी मानिस शान्तिको सास फेर्दैनन्। मानिसहरूले मकर राशिका मानिसको व्यक्तित्वको प्रशंसा गर्छन्।

