एजेन्सी – धेरै समय देखि युरोपा लिग खेल्न लागिरहेको क्याटलान क्लब बार्सिलोनाले आज नापोलीको सामना गर्दैछ। युरोपा लिगको प्लेअफमा बार्सिलोनाले नापोलीको सामना गर्न लागेको हो।
बार्सिलोनाले पछिल्लो पटक सन् २००४ मा युरोपा लिग खेलेको थियो। त्यसबेला बार्सिलोना प्रतियोगिताको चौंथो चरण सम्ममा पुगेको थियो। बार्सिलोना सेल्टिकसँग समग्रमा १-० को गोल अन्तरले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो। बार्सिलोनाले सन् २००४ को मार्च २५ मा अन्तिम युरोपा लिग खेलेको थियो।
वर्तमान अवस्थामा बार्सिलोनाका खेलाडी रहेका गाभी बार्सिलोनाले त्यसबेला जन्मिएकै थिएनन्। गाभी बार्सिलोनाले युरोपा लिग खेलिसकेपछि जन्मिएका हुन्। गाभी सन् २००४ अगस्त ५ मा जन्मिएका थिए। सन् २००४ यता बार्सिलोनाले कहिले पनि युरोपा लिग खेलेको छैन। यस अर्थमा गाभीले कहिले पनि बार्सिलोनाले युरोपा लिग खेलेको देखेनन्।
बार्सिलोना नापोली विरुद्ध खेल्दा गाभी शुरुवाती ११ मा पर्ने लगभग पक्का जस्तै छ। बार्सिलोना युरोपा लिगबाट बाहिरिएको झन्डै पाँच महिना पछि जन्मिएका गाभी प्रशिक्षक जाभी हर्नान्देजका मन पर्ने खेलाडी रहेका छन्। १८ वर्ष अगाडी बार्सिलोना युरोपा लिगबाट बाहिरिँदा जाभी पनि बार्सिलोनाको टोलीमा थिए।
राम्रो लयमा गाभी
गत सिजन मात्रै बार्सिलोनाका लागि डेब्यु गरेका गाभी गएको केहि समय देखि बार्सिलोनाको टोलीमा निरन्तर स्थान बनाइरहेका छन्। जारी सिजनमा गाभीले बार्सिलोनाका लागि कुल २५ खेल खेलेका छन्। जसमा उनले २ गोल गर्दै ३ असिस्ट दिएका छन्।

