काठमाडौँको नयाँ बजार बस्नेहरुसँग थियो पैसै-पैसा, तर सबै नक्कली !

काठमाडौँ – काठमाडौँ महानगरपालिका–१६ नयाँ बजार मेडिकल चोकबाट रु एक हजार दरका २९४ थान नक्कली नेपाली नोटसहित चार जना पक्राउ परेका छन् ।

राजधानीको नयाँ बजारमा बसोबास गर्दै आएका रौतहट गौर नगरपालिका–१२ का पृथ्वीप्रसाद साह र वडा नं–९ निवासी महमदशम्साद आलम, राजपुर नगरपालिका–३ का मोहम्मदमुसरफ अली र सोही नगरपालिका–६ का असरफअली सइदलाई नक्कली नोटसहित बुधबार पक्राउ गरी आज काठमाडौँ जिल्ला अदालतबाट हिरासतमा राखेर थप अनुसन्धानको अनुमति लिइएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

यसैगरी काठमाडौँ महानगरपालिका–१५ डल्लु पुल नजिकबाट चार थान ढलौटको मूर्तिहरुसहित दुई जनालाई पक्राउ गरिएको छ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–५ ढाडे र रसुवा गोसाईंकुण्ड नगरपालिका–५ का किशोर मूर्ति चोरीको अभियोगमा पक्राउ परेका हुन् ।

पक्राउ परेका ब्यक्तिहरु
१.जिल्ला रौतहट गौर न.पा.१२ घर भई हाल काठमाण्डौ नयाँ बजार बस्ने बिन्देश्वर प्रसादको छोरा बर्ष २८ को पृथ्वी प्रसाद साह ।

२.जिल्ला रौतहट राजपुर न.पा.३ घर भई हाल काठमाण्डौ नयाँ बजार बस्ने अकबर अलीको छोरा बर्ष २७ को मोहम्मद मुसरफ अली ।

३.जिल्ला रौतहट राजपुर न.पा.६ घर भई हाल काठमाण्डौ नयाँ बजार बस्ने शेख अलीका छोरा बर्ष ३० को असरफ अली सहिद ।

४.जिल्ला रौतहट गौर न.पा.९ घर भई हाल काठमाण्डौ नयाँ बजार बस्ने शेख नशरुलका छोरा बर्ष २८ को महमद शम्साद आलम ।

प्रकाशित : बिहिबार, फागुन ०५, २०७८१७:५२

कारोबार हुने साताको अन्तिम दिन बढ्यो सुनको मूल्य ! कति ?