बेन्जेमा-भिनिसियसको टुट्यो कनेक्सन, रियललाई तनाव !

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडलाई सबै भन्दा बढी करिम बेन्जेमाको साथ चाहिएको छ। बेन्जेमा घाइते भएपनि धरमराएको रियल म्याड्रिड कम्जोर अवस्थामा छ। जनवरीको मध्यमा घाइते भएका बेन्जेमा फर्किन त च्याम्पियन्स लिगमा पेरिस सेन्ट जर्मेन(पिएसजी) विरुद्धको खेलमा फर्किए, तर त्यति बेला उनी पूर्णरुपमा फिट थिएनन्।

पिएसजी विरुद्धको खेल अत्यन्त कठिन रहेका कारण प्रशिक्षक कार्लो एन्सेलोटीको बेन्जेमालाई मैदानमा उतार्ने निर्णय गरेका थिए। तर एन्सेलोटीको सो निर्णय गलत सावित भयो। झन्डै एक महिना देखि मैदान बाहिर रहेका बेन्जेमाले अपेक्षा गरिएजस्तो खेल्न नै सकेन।

पिएसजी विरुद्धको खेलमा रियलले खासै आक्रमण नै गर्न सकेको थिएन। खेलभर रियलको तर्फबाट मात्रै ३ प्रहार भएका थिए। ती मध्ये कुनै पनि प्रहार टार्गेटमा थिएनन्। पिएसजी मात्रै होइन त्यस भन्दा अगाडीका तीन खेलमा पनि रियलबाट फितला आक्रमण भएका थिए। रियलले पछिल्ला चार खेल मध्ये १ खेलमा मात्रै गोल गरेको छ। सो गोल पनि रियलले ग्रानाडा विरुद्धको खेलमा गरेको थियो।

हालको अवस्थालाई हेर्दा बेन्जेमा पूर्णरुपमा फिट नभएसम्म रियल लयमा नआउने देखिन्छ। बेन्जेमा रियलको एक मुख्य अंक नै हुन्। उनको अनुपस्थितिमा रियल धेरै नै कम्जोर देखिन थालेको छ।

पछिल्लो महिना सम्म बेन्जेमा र भिनिसियस जुनियर बीचको तालमेलका कारण रियलले लगातार जित निकाल्न सकिरहेको थियो। घाइते भएर फर्किएका बेन्जेमा र भिनिसियस बीच पिएसजी विरुद्धको खेलमा राम्रो तालमेल हुन सकेन। तर आउने समयमा यी दुई बीच पुनः तालमेल मिल्दै जाने अनुमान लगाउन सकिन्छ।

प्रकाशित : बिहिबार, फागुन ०५, २०७८१८:१९

गोल्डेन बुटमा को कति अगाडी ? हेर्नुहोस् शिर्ष पाँचको सूची !