पेनाल्टी मिस गरेका मेस्सीले भने – ‘सानो गल्तिले पनि हामी च्याम्पियन्स लिगबाट आउट हुन सक्छौं’

एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)का स्टार फुटबलर लियोनेल मेस्सीले च्याम्पियन्स लिग जित्ने कुरा सामान्य नरहेको बताएका छन्। पिएसजी म्यागजिनसँग कुराकानी गर्नेक्रममा मेस्सीले च्याम्पियन्स लिग जित्ने कुरा जटिल रहेको बताएका हुन्।

च्याम्पियन्स लिगको अन्तिम १६को पहिलो लेगमा रियल म्याड्रिडलाई पराजित गरेपछि दिएको अन्तर्वार्तामा मेस्सीले च्याम्पियन्स लिग जित्न धेरै गार्हो भएको मात्र बताएनन्, सानो गल्तिले पनि च्याम्पियन्स लिग उम्किने बताए। च्याम्पियन्स लिगमा उत्कृष्ट भन्दा उत्कृष्ट टोली आउने हुँदा उपाधि जित्न धेरै संवेदनशिल भएर खेल्नुपर्ने मेस्सीको भनाई छ।

“च्याम्पियन्स लिग जित्न कठिन छ। यो जटिल छ किनभने यहाँ उत्कृष्ट भन्दा उत्कृष्ट टोलीहरु आउँछन्। यहाँ साना-साना विवरणहरुमा ध्यान दिनुपर्छ। सामान्य गल्तिका कारण पनि प्रतियोगिताबाट बाहिरिनुपर्ने हुन्छ।”,मेस्सीले भने।

त्यसक्रममा मेस्सीले आफूहरुसँग राम्रो टीम रहेको र च्याम्पियन्स लिग जित्न प्रयास गर्ने पनि बताए। उत्कृष्ट टोली भएर मात्र च्याम्पियन्स लिग नजितिने मेस्सीको भनाई छ।

उनले भने,”मलाई लाग्छ कि हामीसँगले च्याम्पियन्स लिग जित्ने प्रयास गर्न सक्ने टोली छ। हामी यसको बारेमा उत्साहित छौं। हामी वास्तवमै आशा गर्छौं कि हामीले यो गर्न सक्छौं। म फेरी पनि दोहोर्याउँछु च्याम्पियन्स लिग जित्न कठिन छ। च्याम्पियन्स लिग सधै उत्कृष्ट टोलीले जित्छ भन्ने पनि होइन। त्यसैले सामान्य भन्दा सामान्य कुरामा पनि हामीले ध्यान दिनुपर्ने हुन्छ। आफूलाई उत्कृष्ट र बलियो टोली सोचेर अगाडी बढ्ने पर्नेछ।”

पिएसजीले रियललाई पहिलो लेगमा १-० को गोल अन्तरले पराजित गर्दा मेस्सीले पेनाल्टी मिस गरेका थिए। मेस्सीले पेनाल्टी मिस गरेपनि किलियन एम्बाप्पेको गोलमा पिएसजी विजयी भएको थियो।

प्रकाशित : बिहिबार, फागुन ०५, २०७८२१:०७

१८ वर्ष पछि युरोपा लिग खेल्दा बार्सिलोनाले जित निकाल्न सकेन !