काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी संसद्बाट अघि बढाउने विषयमा सत्तारूढ गठबन्धनभित्र सहमतिको वातावरण बन्ने भन्दा वातावरण झन् विग्रिदै गएको छ । यो समाचार राजधानी दैनिकमा प्रकाशित छ।
गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेस जसरी पनि एमसीसी संसद्बाट अघि बढाउने पक्षमा छ भने गठबन्धनमा आबद्ध दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी संशोधनबिना एमसीसी अघि बढाउनै नसकिने अडानमा छन् । ती दुई दलले बिहीबारको गठबन्धन बैठकमा पनि अडान कायम राखेपछि सरकारको नेतृत्व गरेको दल कांग्रेस विकल्पको खोजीमा अघि बढेको छ । कांग्रेसले प्रमुख प्रतिपक्षी नेकपा एमालेसँगको संवादलाई पनि तीव्रता दिएको छ ।
एमसीसीमा गठबन्धनमा जुटेन सहमति
प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धन बैठकमा एमसीसी जसरी पनि अघि बढाउने भन्दै सहमति दिन देउवाले माओवादी अध्यक्ष दाहाल र नेकपा एसका अध्यक्ष माधव नेपालसँग बिहीबार पनि आग्रह गरेका थिए ।
तर, ती दुवै दलका अध्यक्षले भने एमसीसी’bout थप छलफल गरी संसद्को अवरोध खुलाएर सहमतिमै एमसीसी अघि बढाउनेगरी वातावरण बनाउन प्रधानमन्त्री देउवालाई आग्रह गरेका छन् ।
‘संसद्को अवरोध हटाउने विषयमा गम्भीर रूपमा छलफल भयो, शुक्रबार बिहान पुनः शीर्ष नेताको बैठक बसेर एमसीसी’bout थप छलफल गर्ने सहमति भएको छ,’ गठबन्धन बैठकपछि सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सञ्चारकर्मीहरूसँग भने ।
बैठकमा माओवादी केन्द्रले भने एमसीसीमा रहेका प्रावधान’bout थप स्पष्ट पारिनुपर्ने र संसद्को अवरोध खोलिनुपर्ने भनेको हो ।
माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एमसीसीका विषयमा थप प्रस्टता आवश्यक रहेको र थप छलफल हुनुपर्ने धारणा बैठकमा राखिएको बताए ।
‘यत्रो राष्ट्रलाई असर गर्ने कुरा संसद् सुचारु नहुँदासम्म कसरी पेस हुन सक्छ, पहिला संसद् सुचारु हुनुपर्छ र एमसीसी’bout थप छलफल र स्पष्टता जरुरी छ,’ श्रेष्ठले भने ।
बैठकमा प्रधानमन्त्रीको प्रस्तावमा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले समर्थन गर्दै एमसीसीलाई रोक्नुपर्ने कुनै कारण नभएको भन्दै अघि बढाउनुपर्ने बताएका थिए ।
माधव नेपालको प्रस्ताव : ७ गतेसम्म कुरौं
बिहीबारको सत्तारूढ गठबन्धनको बैठकमा नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले एमसीसीका विषयमा निर्णय गर्न ७ फागुनसम्मको समय मागेका छन् ।
नेकपा एसका अध्यक्ष नेपालले पार्टीको स्थायी कमिटीको बैठक ७ गतेका लागि बोलाइएको र सो बैठकबाट एमसीसी’bout निर्णय लिने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष ७ फागुनसम्मको समय मागेका हुन् ।
‘हामीले ७ गते स्थायी कमिटी बोलाएका छौं, त्यहीँबाट हामी निर्णय गर्छौं, सबैको राय सुनेर निर्णय लिन्छौं, दुई दिन कुर्नुस्,’ प्रधानमन्त्री देउवालाई नेपालले गरेको अग्रह’bout जानकारी दिँदै गठबन्धनमा आबद्ध एक नेताले राजधानीसँग भने ।
तर, प्रधानमन्त्री देउवाले भने अब धेरै समय कुर्न सकिने अवस्था नरहेको भन्दै निर्णयमा पुग्न नेपाललाई आग्रह गरेका थिए ।