१८ वर्ष पछि युरोपा लिग खेल्दा बार्सिलोनाले जित निकाल्न सकेन !

एजेन्सी – युइएफए युरोपा लिगको अन्तिम ३२ को प्ले अफको पहिलो लेगमा क्याटलान क्लब बार्सिलोना बराबरीमा रोकिएको छ । बार्सिलोनाले पछि परेको स्थितिमा इटालियन क्लब नेपोलीसँग १–१ गोलको बराबरी खेलेको हो ।

नोउक्याम्पमा बिहीबार राति भएको खेलमा नेपोलीका पिओटर जिलेन्स्कीले गोल गर्दा घरेलु टोली बार्सिलोनाका लागि फेरान टोरेसले बराबरी गोल फर्काए ।

खेलको २९औं मिनेटमा पिओटर जिलेन्स्कीले गोल गर्दै नेपोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाए । इल्जिफ इल्मासको प्रहारलाई गोलरक्षक मार्क आन्दर टेर स्टेगनले बचाएपनि रिवाउन्डमा उनले गोल गर्न सफल भएका थिए ।

५९औं मिनेटमा फेरान टोरेसले पेनाल्टीमा गोल गर्दै खेललाई १–१ गोलको बरारीमा ल्याए । एडमा ट्राओरेको प्रहार जुआन जेससको आर्ममा लागेको भन्दै बार्सिलोनाले पेनाल्टीको अपिल गरेको थियो । रेफ्रीले भिएआरको सहायता लिदै बार्सिलोनालाई पेनाल्टी प्रदान गर्दा फेरान चुकेनन् ।

घरेलु मैदानमा बार्सिलोनाले पाहुना टोलीलाई दवावमा राखेपनि थप गोल गर्न नसक्दा खेल बराबरीमा सकियो । यो बराबरीको फाइदा नेपोलीलाई नै भएको छ । दोस्रो लेगमा यही नतिजा कायम रहे नेपोली अवे गोलको आधारमा प्रि–क्वाटरफाइनलमा प्रवेश गर्नेछ ।

बार्सिलोनाले दोस्रो लेगमा नतिजा आफ्नो पक्षमा पार्न नसके अवे गोलमा पछि पर्दै युरोपा लिगबाट पनि बाहिरिनेछ । च्याम्पियन्स लिगको समूह चरणबाट बाहिरिएपछि बार्सिलोनाले १८ वर्षपछि त्यसभन्दा मुनिको युरोपा लिगमा पहिलोपटक प्रतिस्पर्धा गरिरहेको छ ।

प्रकाशित : शुक्रबार, फागुन ०६, २०७८०९:००

हालाण्ड खेल्न नसकेको खेलमा डर्टमुन्डलाई रेन्जर्सले धुलो चटायो !