रोनाल्डोको विषयमा छलफल गर्न पिएसजीले एजेन्ट मेन्डेसलाई सम्पर्क गर्यो !

एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)ले फुटबल एजेन्ट जोर्गे मेन्डेससँग सम्पर्क गरेको छ। प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडका स्टार क्रिस्टियानो रोनाल्डोको सम्बन्धमा कुराकानी गर्न पिएसजीले मेन्डेसलाई सम्पर्क गरेको हो।

एक खेल मिडियाका अनुसार पिएसजी रोनाल्डोलाई आउने समर ट्रान्सफर विन्डोमा भित्र्याउन चाहन्छ। त्यसको लागि पिएसजी अहिले देखि नै तयारीमा जुटेको सो मिडियाले जनाएको छ।

यसै सिजन युभेन्टसबाट युनाइटेड पुगेका रोनाल्डो त्यहाँ सन्तुष्ट नरहेको बताइन्छ। युनाइटेडको कम्जोर अवस्थाको धेरै जस्तो दोष रोनाल्डो माथि थोपरिन थालेको छ। धेरै नै आलोचना हुन थालेपछि रोनाल्डो युनाइटेड छाड्ने मुडमा रहेको धेरैको बुझाई छ।

सिजनको शुरुवातमा राम्रो प्रदर्शन गरेपनि रोनाल्डोले पछिल्लो समय पनि त्यति राम्रो प्रदर्शन गर्न सकिरहेका छैनन्। पछिल्लो खेल भन्दा अगाडी रोनाल्डो लामो गोल खडेरीबाट समेत गुज्रिएका थिए।

युनाइटेडका लागि रोनाल्डोले जारी सिजनमा २७ खेल खेलिसकेका छन्। जसमा उनले मात्रै १५ गोल गरेका छन्। त्यसमध्ये ९ गोल रोनाल्डोले प्रिमियर लिगमा गरेका हुन् भने ६ गोल च्याम्पियन्स लिगमा गरेका हुन्।

पिएसजीको योजना

च्याम्पियन्स लिगमा रोनाल्डोको रेकर्ड राम्रो छ। च्याम्पियन्स लिगमा रोनाल्डो राम्रो प्रदर्शन गर्छन्। त्यहि कारणले गर्दा पिएसजीले रोनाल्डोलाई भित्र्याउन चाहेको छ। आउने सिजन प्रशिक्षक जिनेदिन जिदानलाई प्रशिक्षकको जिम्मेवारी दिने पिएसजीको योजना रहेको छ। सो योजना अनुरुपनै पिएसजीले रोनाल्डोलाई भित्र्याउन चाहेको चर्चा छ।

प्रकाशित : शुक्रबार, फागुन ०६, २०७८१०:३३

हालाण्डको अर्को क्लब बारे पूर्व दिग्गजले गरे यस्तो भविष्यवाणी, प्रिमियर लिग क्लबलाई झड्का !