काठमाडौँ – कारोबार हुने साताको अन्तिम दिन आज सुनको मूल्य बढेको छ। पछिल्ला हप्ताहरुमा भन्दा अलि बढी नै सुनको वृद्धि भइरहेका बेला आज पनि सुनको मूल्य बढेको हो।
नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा ४ सय रुपैंयाँले बढेको छ। जससँगै नेपाली बजारमा छापवाला सुनको मूल्य ९६ हजार ५ सय रुपैंयाँ कायम भएको छ।
यस अगाडी छापावाला सुनको मूल्य आइतबार र सोमबार ९५ हजार ५ सय, मंगलबार ९६ हजार ७ सय र बुधबार ९५ हजार १ सय रुपैंयाँमा कारोबार भएको थियो। त्यस्तै बिहिबार भने छापावाला सुन ९६ हजार १ सय रुपैंयाँमा कारोबार भएको थियो।
त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि ४ सय रुपैंयाँले नै बढेको छ। महासंघले दिएको जानकारी अनुसार नेपाली बजारमा तेजाबी सुन प्रतितोला ९६ हजार रुपैंयाँमा कारोबार भइरहेको छ।
त्यस्तै यस अगाडी तेजाबी सुनको मूल्य आइतबार र सोमबार ९५ हजार ५ सय, मंगलबार ९६ हजार ७ सय र बुधबार ९५ हजार १ सय रुपैंयाँमा कारोबार भएको थियो। बिहिबार भने तेजाबी सुन ९५ हजार ६ सय रुपैंयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य
आज सुन मात्र नभई चाँदीको मूल्य पनि बढेको छ। महासंघले दिएको जानकारी अनुसार आज चाँदीको मूल्य तोलामा रु १० ले बढेको छ। नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार ३ सय ०५ रुपैंयाँमा कारोबार भैरहेको छ।