अहिले बोरुसिया डर्टमण्डका स्टार खेलाडी एर्लिङ हालान्डलाई अनुबन्ध गर्ने क्लबको कुनै कमी छैन र युरोपेली च्याम्पियन चेल्सी पनि त्यो सूचीमा रहेको एक क्लब हो। यद्यपि नर्वेजियन स्ट्राइकरको बोरुसिया डर्टमुन्डसँगको सम्झौता २०२४ मा सकिनेछ, तर उनको रिलीज क्लज २०२२ को समरबाट लागू हुनेछ।
बिल्ड र मार्का सहितका अखबारका अनुसार हालाण्डको रिलीज क्लज ७५ मिलियन रकमको रहेको छ। चीजहरूलाई परिप्रेक्ष्यमा राख्नको लागि, हालाण्डको हालको बजार मूल्य १५० मिलियनमा ट्रान्सफरमार्केटमा सूचीबद्ध छ। जर्मन क्लबमा अनुबन्ध भएदेखि उनको प्रदर्शनलाई मध्यनजर गर्ने हो भने ७५ मिलियनमा हालाण्डको हस्ताक्षर प्राप्त गर्नु एक बार्गेन हुनेछ। धेरै जसो शीर्ष युरोपेली महारथी, जस्तै: म्यानचेस्टर सिटी, चेल्सी, पेरिस सेन्ट-जर्मेन, बार्सिलोना र अन्य ठूला क्लब उनको हस्ताक्षर सुरक्षित गर्न आतुर छन्।
बीटी स्पोर्ट्ससँग कुरा गर्दा पूर्व म्यानचेस्टर युनाइटेड खेलाडी रियो फर्डिनान्डले हालान्डको भविष्यमा आफ्नो दृष्टिकोण राखेका छन्। उनले भने, “मलाई लाग्छ एमबाप्पे र हालान्ड स्पेनमा जानेछन्। मलाई लाग्छ कि स्पेनिस फुटबलले ती दुई खेलाडीहरूलाई त्यहाँ आउनको लागि माग गर्नेछ, स्पेनिस लिगलाई त्यो एक्स-फ्याक्टर दिनको लागि जुन क्रिस्टियानो रोनाल्डो र लियोनेल मेसीसँग धेरै वर्षदेखि थियो तरपछिल्ला केही वर्षबाट गुमाएका छन्।”
आगामी दशकमा मेस्सी-रोनाल्डो प्रतिद्वन्द्वीलाई पुन: सिर्जना गर्न सम्पूर्ण फुटबल ब्रह्माण्ड नर्वेजियन स्ट्राइकर एर्लिङ हालान्ड र फ्रान्सेली सेन्सेसन किलियन एमबाप्पेमा भरोसा गरिरहेको छ। दुबै स्टारले आफ्नो करियरको निकै उत्कृष्ट सुरुवात गरेका छन् र उनीहरु अझै उत्कृष्ट हुँदै जानेमा कुनै शंका नै छैन।
एमबाप्पे रियल म्याड्रिडमा आउँदो समरमा नि:शुल्क ट्रान्सफरमा प्रस्थान गर्ने धेरैले विश्वास गरेका छन् र हालसम्म पीएसजीसँग नयाँ सम्झौतामा हस्ताक्षर गरेका छैनन्। बोरुसिया डर्टमण्ड स्ट्राइकर फ्रान्सेलीलाई चुनौती दिने कुराबाट प्रेरित हुन सक्छन् र एफसी बार्सिलोनालाई आफ्नो अर्को गन्तव्यको रूपमा रोज्न सक्छन्।