१९ फेब्रुअरी २०२२ अर्थात भोलिबाट गुरु अस्त हुँदैछन्। ज्योतिष शास्त्रमा सबैभन्दा शुभ ग्रह मानिने बृहस्पति अस्त हुनु अशुभ मानिन्छ। यद्यपि, अस्त गुरुले १२ राशिमा शुभ र अशुभ दुवै प्रभाव पार्नेछ। यस पटक बृहस्पतिको अस्ताउँदा ६ राशिको जीवन चुनौतीपूर्ण हुनेछ। जान्नुहोस् २७ मार्चमा बृहस्पति ग्रहको उदय हुँदासम्म कुन राशिका व्यक्तिहरूले सावधानी अपनाउनु पर्ने हुन्छ।
वृष राशि

बृहस्पति ग्रहको अस्तले वृष राशिका लागि काममा कठिनाइ आउनेछ। कार्यस्थलमा उनीहरुले असन्तुष्टि महसुस गर्नेछन्। साथी-भाइसँग राम्रो सम्बन्ध रहने छैन। धैर्यताका साथ यो समय निकाल्नुहोस्।
कर्कट राशि

बृहस्पति ग्रहको अस्तले कर्कट राशिका लागि करियरमा समस्या ल्याउनेछ। यो समयमा यस राशिका मानिसले परिश्रमको उचित फल प्राप्त गर्ने छैनन्। साना साना काम गर्न पनि गाह्रो हुन सक्छ।
कन्या राशि

कन्या राशि भएका व्यक्तिहरुको लागि यो समय करियरमा कठिनाई ल्याउनेछ। जागिर परिवर्तन गर्नुपर्ने हुनसक्छ। व्यापार-व्यवसायीलाई घाटा हुनसक्छ। यस समयमा सहज रूपमा निर्णय गर्नुहोस्।
धनु राशि

धनु राशिका व्यक्तिहरूले आफ्नो करियरमा कठिनाइहरूको सामना गर्न सक्छन्। कर्यक्षेत्र परिवर्तन गर्न वा कार्य परिवर्तन हुनसक्छ। विचार नगरी निर्णय नगर्नु राम्रो हुन्छ। धैर्यवान हुनुहोस्।
मकर राशि
![]()
मकर राशिका व्यक्तिहरूले यस अवधिमा पारिवारिक मामिलामा चुनौतीहरूको सामना गर्नेछन्। घरमा कसैसँग विवाद हुन सक्छ। बुढापाकासँग कठोर शब्द नबोल्नुहोस्। करियरमा पनि अनुकूल समय रहेको छैन।
कुम्भ राशि

कुम्भ राशिका व्यक्तिहरूले काममा असफलताको सामना गर्नुपर्ने हुन सक्छ। अप्रत्याशित समस्या आउन सक्छ। कार्यस्थल स्थानान्तरण हुन सक्छ।

