जनवरी २०२१ देखि शनिले श्रवण नक्षत्रमा यात्रा गरिरहेको थियो र अब फेब्रुअरी १८, २०२२ अर्थात आजबाट शनि ग्रह श्रवण नक्षत्रबाट धनिष्ठ नक्षत्रमा सरेको छ। शनिको यो भ्रमण वा पारगमन मार्च १५, २०२३ सम्म चल्नेछ। शनिको यो नक्षत्रमा प्रवेश गर्नाले ४ राशीको भाग्य चम्किलो हुने र सबै प्रकारका समस्या हटेर जानेछ। आउनुहोस् जानौं ती ४ राशि कुन-कुन हुन्।
मेष राशि

मेष राशि मंगल ग्रहको राशि हो र धनिष्ट नक्षत्रको अधिपती ग्रह पनि मंगल हो। यस्तो अवस्थामा सबै मंगल नै मंगल हुनेछ। हरेक हिसाबले, यो परिवर्तन लाभदायक साबित हुन गइरहेको छ। आर्थिक सङ्कट हट्नेछ। करियरमा सफलता मिल्नेछ। जागिरमा पदोन्नति वा तलब वृद्धि हुनेछ। यदि तपाईं व्यवसायी हुनुहुन्छ भने यो समय शुभ र लाभदायक हुनेछ।
वृश्चिक राशि

वृश्चिक राशिको शासक ग्रह मंगल हो र धनिष्ट नक्षत्रको अधिपति ग्रह पनि मंगल हो। त्यसैले यो समय निकै लाभदायी साबित हुनेछ। आर्थिक स्थिति बलियो रहनेछ। ऋणबाट मुक्ति मिल्नेछ। आम्दानीका स्रोत बढ्नेछन्। रमणीय यात्राको योग पनि बन्नेछ।
मकर राशि

मकर राशिको स्वामी शनि हो। यो समय तपाईंका लागि पनि सकारात्मक फलदायी साबित हुनेछ। तपाईंको स्वास्थ्यमा सुधार आउनेछ र तपाईंले तनावबाट मुक्ति पाउनुहुनेछ। कार्यक्षेत्रमा सहयोग मिल्नेछ र यात्राको अवसर मिल्नेछ। करियरमा सफलता मिल्नेछ।
कुम्भ राशि

कुम्भ राशिको स्वामी पनि शनि हो। त्यसैले शनिको यो नक्षत्र परिवर्तन तपाईंका लागि पनि फलदायी साबित हुनेछ। कार्यस्थलमा राम्रो वातावरण रहनेछ। व्यापारमा लाभ प्राप्त हुनेछ। करियरले गति लिनेछ। आम्दानीमा थप वृद्धि हुने सम्भावना पनि छ।

