यी हुन् विश्वकप २०२२ जित्ने दाबेदार राष्ट्र, मेस्सीको अर्जेन्टिना टप ५ मा, रोनाल्डोको पोर्चुगल बिलायो !

कतारमा २०२२ को विश्वकप नोभेम्बर २१ मा सुरु हुनेछ। मध्य पूर्वमा विश्वकपका लागि विश्वका ठूला भन्दा ठूला स्टार खेलाडीहरु तयार हुँदैछन्। फ्रान्स, २०१८ मा रसियामा प्रतियोगिताको विजेता बनेपछि, कतारमा डिफेन्डिङ च्याम्पियनको रूपमा प्रतियोगिता सुरुवात गर्नेछ। तर धेरै राष्ट्रहरूले फ्रान्सलाई उपाधिका लागि कडा चुनौती दिनेछन्।

कुल ३२ देशहरूले फुटबलको सबैभन्दा ठूलो प्रतियोगिताको पुरस्कारको लागि प्रतिस्पर्धा गर्नेछन्, तर प्रतियोगितामा जानुअघि कुन देशलाई विश्वकप २०२२ का लागि प्रमुख दाबेदार हुन् त ? र कुन देश डार्क-हर्स साबित हुनसक्छन् ? हेरौं….

किलियन एमबाप्पे र पाउल पोग्बा जस्ता युवा र जित्नको अनुभव भएकोले साबिक विजेता फ्रान्सले विश्वकपको महिमाको लागि अर्को गम्भीर चुनौती दिने पक्का रहेको छ। बेटिंग अडका अनुसार डिडिएर डेसक्याम्पको टोली ६/१ (७.००) अडका साथ प्रमुख संयुक्त दाबेदार रहेको छ भने नेयमार, भिनिसियस जुनियर र एलिसन जस्ता स्टार खेलाडीले भरिपूर्ण ब्राजिल पनि प्रमुख दाबेदार रहेको छ।

२०२२ विश्वकप जित्ने प्रमुख दाबेदार देशहरु यस प्रकार छन्:- 

१= फ्रान्स- ६/१ (७.००)

१= ब्राजिल- ६/१ (७.००)

३. इंग्ल्याण्ड- ७/१ (८.००)

४. स्पेन- ८/१ (९.००)

५= जर्मनी – १०/१ (११.००)

५= अर्जेन्टिना- १०/१ (११.००)

७= इटाली- १२/१ (१३.००)

७- बेल्जियम- १२/१ (१३.००)

नेदरल्यान्ड्स, जसले पछिल्लो समयमा निकै सम्भावना देखाएको छ, १६/१ (१७.00) अडका साथमा रहेको छ, जबकि क्रिस्टियानो रोनाल्डोको पोर्चुगल – जसले प्ले-अफबाट विश्वकपमा स्थान बनाउनुपर्नेछ, २५/१ (२६.००) अडसँग डेनमार्कको साथमा रहेको छ।

प्रकाशित : शुक्रबार, फागुन ०६, २०७८१३:०३

युनाइटेडको कप्तान बन्ने दौडमा रोनाल्डो ! सफल होला योजना ?