एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)का युवा स्टार किलियन एम्बाप्पे करियरकै सबै भन्दा महत्वपूर्ण क्षणमा छन्। पिएसजीमा उनको सम्झौता केहि महिना मात्रै बाँकी रहेको छ। सम्झौता नवीकरण गर्न नमानिरहेका उनी रियल म्याड्रिड जाने लगभग स्पष्ट जस्तै छ।
एम्बाप्पेको गन्तव्य स्पष्ट रहँदा समेत पिएसजीले भने आश मारेको छैन। पिएसजीले अझै पनि एम्बाप्पेलाई कम्तिमा एक सिजन क्लबमा अड्याउन प्रयास गरिरहेको छ। त्यसको लागि पिएसजी एम्बाप्पेलाई उच्च पारिश्रमिक दिन समेत तयार छ।
पिएसजीको यस्तो प्रयास जारी रहँदा फ्रेन्च मिडिया ले पेरिसियनले भने फरक रिपोर्ट सार्वजनिक गरेको छ। ले पेरिसियनले गरेको दावी अनुसार पिएसजीले जे जति गरेपनि एम्बाप्पे यस सिजन भन्दा बढी पिएसजीमा रहने छैनन्।
एम्बाप्पे पिएसजीमा रहन नचाहनुको मुख्य कारण लियोनेल मेस्सी नरहेको सो मिडियाले जनाएको छ। मेस्सीका कारण पिएसजीको वास्तविक लिडर को हो भन्ने प्रश्न खडा भएको र त्यसले एम्बाप्पेलाई पिएसजी छाड्न बाध्य पारिरहेको ले पेरिसियनको दावी छ।
ले पेरिसियनले त्यस्तो दावी गरेपनि पिएसजीले भने एम्बाप्पेलाई आफ्नो योजनाको केन्द्रमा राख्ने संकेत देखाइसकेको छ। र विभिन्न अवसरहरुमा पिएसजीका अधिकारीहरुले पनि सो बारे बोलिसकेका छन्। मेस्सीको उमेरका कारण पनि पिएसजीले मेस्सीलाई आफ्नो योजनाको केन्द्रमा राख्ने छैन।
एम्बाप्पे नेयमार र मेस्सीलाई छायाँमा परिरहेका छन्। एम्बाप्पेको प्रदर्शन अगाडी नेयमार र मेस्सी दुवै फिक्का देखिएका छन्। पिएसजीको पछिल्लो सफलतामा मेस्सी र नेयमार भन्दा बढी एम्बाप्पेको योगदान रहेको छ।