महान क्रिकेटर सचिन तेन्दुलकरले लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो बीच आफ्नो मनपर्ने खेलाडी चुनेका छन्। पूर्व भारतीय ब्याट्सम्यानले ग्राहम बेन्सिङ्गरसँग विभिन्न विषयहरूमा कुराकानी गर्दै गर्दा अन्तर्वार्ताको र्यापिड फायर सेक्शनमा उनलाई मेस्सी र रोनाल्डोको बीचमा छान्न भनिएको थियो।
यसबारे सचिनले जवाफ दिए: “मेस्सी मेरो प्रकारको खेलाडी हो।” उनलाई क्रिकेटका आधुनिक लिजेण्ड विराट कोहलीसँगको तुलनाको बारेमा पनि सोधिएको थियो। त्यसमा उनको विचारको बारेमा सोध्दा, तेन्दुलकरले भने: “हामी दुवैलाई एउटै टोलीमा राख्दा कस्तो हुन्छ?” हाल रिटायर्ड भारतीय ब्याट्सम्यानले रोनाल्डोको तुलनामा मेस्सीलाई रोज्नु, ब्याट्सम्यानको कोहलीसँगको तुलनाको हिसाबले रोचक हुनसक्छ। किनभने कोहली रोनाल्डोका चर्चित समर्थक हुन्।
तर, कोहलीले तेन्दुलकरसँगको तुलनालाई सधैं अस्वीकार गर्दै आएका छन्। सचिन कै कारण आफूले क्रिकेट खेल्न थालेकाले आफ्नो सचिनसँग कहिल्यै पनि तुलना गर्न नमिल्ने कोहली बताउँछन्।
तेन्दुलकर-कोहली तुलना मेस्सी-रोनाल्डो जस्तै
प्रत्येक खेलको आफ्नै सुपरस्टार र प्रतिद्वन्द्वीहरूको सेट हुन्छ। क्रिकेटको यस जोडीलाई प्रतिद्वन्द्वी भन्न सकिँदैन, किनकि कोहलीले सचिनलाई आइडल मान्छन्, तर सचिन-बिराटको जोडीको लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोको फुटबल जोडीसँग समानता देख्न सकिन्छ।
उनको व्यक्तित्व र खेल शैलीलाई हेर्दा सचिन तेन्दुलकरले लियोनेल मेस्सीलाई छनोट गर्नु आश्चर्यको कुरा हैन। दुबै दिग्गज निकै प्रतिभावान खेलाडीको रूपमा परिचित छन्। दुबै स्टार मैदान र मैदान बाहिर उनीहरूको शान्त आचरणको लागि पनि परिचित छन्।
यसको विपरित, विराट कोहली र क्रिस्टियानो रोनाल्डोलाई प्रायः दिग्गज बन्नको लागि कडा परिश्रम गरेका व्यक्तिको रूपमा हेरिन्छ। जहाँ हरेक खेलाडीले उच्च स्तरमा पुग्न निकै मेहनत गर्नुपर्ने हुन्छ, यी दुईले निरन्तर अन्य खेलाडीलाई यस कुरामा पछाडी छाडेका छन्।