च्याम्पियन्स लिग फाइनल लिभरपुल-सिटी हुने भयो भविष्यवाणी, सही होला त ?

आर्सनलका पूर्व मिडफिल्डर रे पार्लरले २०२२ युईएफए च्याम्पियन्स लिगको फाइनलमा म्यानचेस्टर सिटी र लिभरपुलले लड्न सक्ने विश्वास गर्छन्।

पार्लरले दुबै अङ्ग्रेजी टोलीको आक्रमण गर्ने क्षमताको प्रशंसा गरेका छन्, जुन प्रतियोगिता अगाडी बढ्ने क्रममा महत्त्वपूर्ण साबित हुन सक्छ। TalkSPORT सँग कुरा गर्दै उनले भने, “धेरैले पूर्ण इंगलिस फाइनल चाहँदैनन्, तर तिनीहरू विश्वका दुई उत्कृष्ट टोली हुन्। म्यान सिटीले रमाइलोको लागि गोल गर्छन् र त्यो पनि कुनै स्ट्राइकर बिना र आक्रमण गर्दै गर्दा लिभरपुलका खेलाडी हेर्नुहोस्।”

४८ वर्षीयाले थपे: “यी दुई टोलीले हरेक खेलमा गोल गरिरहेका छन् र सलाह सर्वश्रेष्ठ नभए हाल विश्व कै सर्वश्रेष्ठ खेलाडी मध्ये एक हुन्। त्यसैले मैले सिटी र लिभरपुल बीच फाइनल हुने मैले देख्दैछु र सोच्नुहोस् कति रोमान्चक हुन्छ त्यो खेल।”

च्याम्पियन्स लिगको राउन्ड अफ १६ को आ-आफ्नो पहिलो लेगमा दुवै टोलीले उत्कृष्ट प्रदर्शन गरेका थिए। बर्नार्डो सिल्भाको दुई गोलको मद्दतमा म्यानचेस्टर सिटीले पोर्चुगिज क्लब स्पोर्टिङ सीपीलाई ५–० गोल अन्तरले पराजित गर्यो। उक्त जीतमा पेप ग्वार्डिओलाको टिमका लागि रियाद महारेज, रहिम स्टर्लिङ र फिल फोडेनले गोल गरे।

अर्कोतर्फ लिभरपुलले इन्टर मिलानलाई २–० गोल अन्तरले पराजित गर्यो। दोस्रो हाफमा रोबर्टो फिरमिनो र मोहम्मद सलाहले गरेको गोल नै रेड्सका लागि इटालियन प्रतिद्वन्द्वीमाथि दुई गोलको अग्रता लिन पर्याप्त भयो। गत सिजन पनि पूर्ण इंगलिस फाइनल भएको थियो जब चेल्सी र म्यानचेस्टर सिटी बीच उपाधिको लागि भिडन्त भएको थियो।

प्रकाशित : शुक्रबार, फागुन ०६, २०७८१६:१९

युनाइटेडमा सुरु भयो कप्तानीको युद्ध: रोनाल्डो र मगुआएर बीच भिडन्त !