यी ७ राशिको जीवन तहस-नहस गर्न सक्छ केतुको यस्तो चाल, रहनुहोस् सावधान !

ज्योतिष शास्त्र अनुसार हरेक मानिसको जीवनमा ग्रह र नक्षत्रको विशेष महत्व हुन्छ। वास्तवमा ग्रहको अवस्था खराब हुँदा शुभ र अशुभ प्रभाव देखिन्छ। जसका कारण जीवनमा धेरै उतारचढाव आउँछन्। कुण्डलीमा छाया ग्रह केतुको अशुभ स्थितिका कारण जीवनमा धेरै समस्या आउने गर्छन्। केतु १२ अप्रिल २०२२ मा तुला राशिमा प्रवेश गर्दैछ। केतुको यो परिवर्तनले ७ राशिको जीवन प्रभावित हुन सक्छ। यस्तो अवस्थामा कुन राशिका लागि केतुको गोचर अशुभ साबित हुनेछ त ? थाहा पाउनुहोस्….

 

मेष राशि 

केतुको राशि परिवर्तनले मेष राशिका व्यक्तिको जीवनमा समस्या ल्याउन सक्छ। यो समयमा तपाईंले छाला सम्बन्धि समस्याहरूको सामना गर्नुपर्ने हुन सक्छ। साझेदारी व्यवसायमा साझेदारसँग मतभेद हुन सक्छ। जसका कारण व्यवसायमा आर्थिक स्थितिमा बाधा आउन सक्छ।

वृष राशि 

केतु गोचरमा मानसिक समस्या आउन सक्छ। साथै, छाला सम्बन्धि केही समस्याले सताउन सक्छ। चोट-पटक पनि लाग्ने सङ्केत रहेको छ। यस्तो अवस्थामा सडक पार गर्दा वा सवारी चलाउँदा सावधानी अपनाउनुपर्छ।

सिंह राशि 

केतु गोचरको अवधिमा मानसिक रूपमा अशान्ति रहन सक्छ। घरपरिवारका सदस्यहरूसँग कुनै विषयमा झगडा हुन सक्छ। यस समयमा कुनै पनि प्रकारको आर्थिक लगानी नगर्नुहोस्, अन्यथा घाटा हुन सक्छ।

तुला राशि 

केतु गोचरको समयमा तपाईंले आफू हराएको महसुस गर्न सक्नुहुन्छ। पारिवारिक मामिलामा चिन्ता बढ्न सक्छ। यस अवधिमा कुनै पनि नयाँ कार्य सुरु गर्नु शुभ साबित हुनेछैन। व्यापार व्यवसायमा आर्थिक प्रगतिमा बाधा आउनेछ।

वृश्चिक राशि 

मिहिनेत गर्दा पनि केतु गोचरको अवधिमा सफलता पाउन ढिलाइ हुनेछ। विद्यार्थीहरूका लागि यो समय अनुकूल छैन। विद्यार्थीहरूलाई विषय बुझ्न गाह्रो हुनेछ। परिवारमा विवाद हुन सक्छ।

धनु राशि 

धनु राशिका व्यक्तिहरूले केतु गोचरमा अनावश्यक रूपमा लामो दुरीको यात्रा गर्नुपर्ने हुनसक्छ। जसका कारण अनावश्यक खर्च बढ्नेछ। दैनिक आम्दानी प्रभावित हुन सक्छ। व्यापारमा पैसा अड्कन सक्छ।

मीन राशि 

नोकरी व्यवसायमा सहजै सफलता मिल्ने छैन। आफुलाई प्रमाणित गर्न धेरै मिहिनेत गर्नुपर्नेछ। केतु गोचरको अवधिमा तपाईंलाई छाला रोगले सताउन सक्छ।

प्रकाशित : शुक्रबार, फागुन ०६, २०७८१८:१४

३२ दिनसम्म सतर्क रहनुहोस् ६ राशिका जातक, बृहस्पति अस्ताउँदा जीवनमा आउनेछ सङ्कट