“पेनाल्टी मिस गरेकै कारण मेस्सीको आलोचना गर्नु बेकार, हेर्दै जानुस् ट्रेबल जित्न बेर छैन”

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका पूर्व मिडफिल्डर सेस फाब्रेगास लामो समय देखि बार्सिलोनाका पूर्व फुटबलर लियोनेल मेस्सीलाई लामो समय देखि चिन्छन्। फाब्रेगास पहिला मेस्सीसँगै बार्सिलोनाको एकेडेमी ला मासियामा थिए। पछि उनले मेस्सीसँगै बार्सिलोनाबाट पनि खेलेका थिए।

धेरै लामो समय देखि मेस्सीलाई चिनेका उनी केहि खेल हेरेर मात्र मेस्सीको आलोचना गर्न नहुने बताउँछन्। बार्सिलोनाबाट पेरिस सेन्ट जर्मेन(पिएसजी) पुगेपछि मेस्सीले अपेक्षा गरिएजस्तो प्रदर्शन गर्न सकिरहेका छैनन्। मेस्सीले च्याम्पियन्स लिगमा रियल म्याड्रिडको खेलमा समेत पेनाल्टी मिस गरेका थिए। त्यसयता मेस्सीको पुनः आलोचना शुरु भएको छ।

यस विषयमा टिप्पणी गर्दै उनले केहि खेलको आधारमा मेस्सीको आलोचना गर्नु बेकार हुन जाने बताए। एक मिडियालाई अन्तर्वार्ता दिनेक्रममा फाब्रेगासले लुइस एनरिक बार्सिलोनाको प्रशिक्षक हुँदाको पहिलो वर्ष पनि मेस्सीको आलोचना भएको फाब्रेगासले स्मरण गरे। तर पछि गएर मेस्सीले बार्सिलोनासँग ट्रेबल जितेको फाब्रेगासको भनाई छ। एक पेनाल्टी मिस गरेका कारण मात्रैले मेस्सीको आलोचना गर्न नमिल्ने फाब्रेगास बताउँछन्।

“मलाई सम्झन्छु लुइस एनरिकको पहिलो वर्षमा मेस्सीको धेरै आलोचना भएको थियो। त्यसबेला पनि धेरैले मेस्सीले राम्रो प्रदर्शन गर्न नसकेको आरोप लगाएका थिए। तरपछि बार्सिलोनाले ट्रेबल जित्यो। अहिले पनि त्यस्तै नहोला भन्न सकिँदैन।”,फाब्रेगासले मुन्डो डेपोर्टिभोलाई दिएको अन्तर्वार्तामा भनेका छन्।

अन्तर्वार्ताका क्रममा फाब्रेगासले रियल म्याड्रिड विरुद्ध मेस्सीले राम्रो खेलेको पनि बताए। मेस्सीले उत्कृष्ट नभएपनि राम्रो खेलेको उनको भनाई छ। उनले भने,”उत्कृष्ट नभएपनि मेस्सीले रियल विरुद्ध राम्रो खेलेका थिए। उनले पेनाल्टी मिस गरे। तर के भयो त ? त्यसकै आधारमा मेस्सीको आलोचना गर्नु बेकार हो।”

प्रकाशित : शुक्रबार, फागुन ०६, २०७८१९:१९

युभेन्ट्सले अग्रता जोगाउन सकेन, खेल बराबरीमै रोकियो !