इन्टरका हिरो लुकाकु चेल्सीमा जिरो, बल नै छुन पाएनन् !

एजेन्सी – अन्तिम समयमा मोरोक्कोका मिडफिल्डर हाकिम जियाचले गोल गर्दा चेल्सीले प्रिमियर लिगमा १४ औं जित आत्मसाथ गर्यो। जियाचको गोलमा चेल्सीले प्रिमियर लिगमा क्रिस्टल प्यालेस विरुद्ध कठिन जित निकालेको हो।

प्यालेसको घरेलु मैदान सेलह्रस्ट पार्क लन्डनमा भएको खेलमा जित निकाल्न चेल्सीले धेरै नै मिहिनेत गर्न पर्यो। बलमा प्यालेस भन्दा बढी नियन्त्रण राखेपछि चेल्सीको आक्रमण फितलो देखिएको थियो। खेलभर चेल्सीको तर्फबाट मात्रै ९ प्रहार भए। जस मध्ये ३ प्रहार मात्र टार्गेटमा थिए।

प्रतिस्पर्धात्मक बनेको खेलका चेल्सीले बल पोसेसन राख्दै घरेलु टोलीलाई दवावमा राखेपनि गोलको लागि अन्तिम समय नै पर्खनु परेको थियो। जियाचले नै ८९औं मिनेटमा गोल गर्दै चेल्सीलाई महत्वपूर्ण जित दिलाएका थिए।

जियाचले जित दिलाएपनि प्यालेस विरुद्धको खेलमा चेल्सीका रोमेलु लुकाकुको प्रदर्शन भने निराशजनक रह्यो। लुकाकु मैदानमा रहेर पनि एक मुखदर्शक भन्दा बढी हुन सकेनन्।

पहिलो हाफमा धेरै कम बल छुन पाएका उनले दोस्रो हाफमा पनि राम्रो प्रदर्शन गर्न सकेनन्। लुकाकुले खेलभर धेरै कम बल छुन पाए। खेलभर उनले मात्रै सात पटक बल छोएका थिए।

लुकाकु यसै सिजन इटालियन क्लब इन्टर मिलानबाट चेल्सी आएका हुन्। इन्टरमा हुँदा लुकाकुले धेरै नै राम्रो प्रदर्शन गरेका थिए। लुकाकुको रवाफिलो प्रदर्शनकै कारण इन्टर इटालियन च्याम्पियन बनेको थियो। तर चेल्सी आएयता लुकाकु उस्तै लयमा छैनन्।

लुकाकु चेल्सी आययता अपेक्षा गरिए भन्दा विपरित लयमा देखिएका छन्। चेल्सी आएयता सबै प्रतियोगितामा लुकाकुले २८ खेल खेला छन्। जसमा उनले १० गोल मात्र गरेका छन्।

प्रकाशित : आइतबार, फागुन ०८, २०७८१०:२७

चम्किए बेन्जेमा, रियल म्याड्रिडले सानदार जित