एमसीसीले गर्दा सिंगो नेपाल नै विभाजित भयो: नेता खनाल

काठमाडौँ — नेकपा एकीकृत समाजवादी पार्टी नेता झलनाथ खनालले अमेरिकाको दबाबको कारणले गर्दा एकजुट रहेको नेपाल विभाजित भएको दाबी गरेका छन्।

सरकारले आज संसद्‌मा एमसीसी टेबुल गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता खनालले अमेरिकाको दबाबले सिंगो देश नै विभाजित हुनु परेको बताएका हुन्। खनालले एक आर्थिक सम्झौतालाई लिएर सिंगो देश र संसदलाई नै विभाजित बनाएको भन्दै चिन्ता व्यक्त गरे।

नेता खनालले आफ्नो पार्टीमा एमसीसी सम्झौता संसदमा टेबल गर्न दिने विषयमा निर्णय हुँदै नभएको पनि दाबी गर्दै आफू सरकारमा बस्‍ने/नबस्ने सम्बन्धमा पार्टीको बैठकले निर्णय गर्ने बताए।

यसैबीच, एमसीसी टेलब गरेपछि आजको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। बैठकमा अर्थ मन्त्री जनार्दन शर्माको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौता पेश गरका थिए। संसदमा यस सम्झौता पेश गर्दै सञ्चारमन्त्री कार्कीले एमसीसी कार्यान्वयन भएको खण्डमा नेपालमा चार सय केभी क्षमताको तीन सय किलोमिटर लामो प्रसारण लाइन बन्ने, विद्युत् सेवाको विस्तार र अन्तर्राष्ट्रिय बजार पाउने उल्लेख गरेका थिए।

जसपछि संसदको अर्को बैठक फागुन १२ गते बिहिबार बस्ने सभामुख अग्नि सापकोटाले जानकारी दिए।

प्रकाशित : आइतबार, फागुन ०८, २०७८१४:४५

संसदमा एमसीसी टेबुल भएपछि देउवाको बढ्यो रवाफ, भने-‘अब पास हुन्छ’