“पीएसजीमा मेस्सीको पतन भयो, सुपरस्टार एम्बाप्पेको उदय भयो”

लियोनल मेस्सीका लागि यो साता कठिन रह्यो। ३४ वर्षिय खेलाडीले रियल म्याड्रिड विरुद्धको खेलमा पाएको पेनाल्टी किकलाई गोलमा परिणत गर्ने मौका गुमाए र यो सिजन पेरिस सेन्ट जर्मेनमा उनको प्रदर्शन र समग्र लयलाई लिएर फ्रान्सेली मिडियाले उनको खुब आलोचना गरिरहेका छन्।

मेस्सीको आलोचना गर्ने पछिल्ला व्यक्ति रहेका छन् आरएमसी स्पोर्ट पण्डित इमानुएल पेटिट। मेस्सीले लिग १ क्लबसँग सम्झौता गरेको छ महिना भन्दा बढी समय बितिसकेको छ। यस्तोमा पेटिटका अनुसार यो समयमा सबैले एक सुपरस्टारको पतन र किलियन एम्बाप्पेको रूपमामा अर्कोको उदय भएको छ।

“मेस्सीलाई पिचमा हेर्दा मलाई साँच्चै पीडा हुन्छ। हामी सबैलाई उनी सफल भएको हेर्न मन छ, बार्सिलोनामा जस्तै चम्केको हेर्न मन छ,”पेटिटले आरएमसी स्पोर्टमा भने, “म मेस्सीलाई एमबाप्पे विरुद्ध खडा गर्न चाहन्न। तर धेरै महिनादेखि हामीले एउटा राजाको पतन र अर्कोको उदय देखिरहेका छौं।”

पेटिटले मेस्सी फुटबल खेल्नको लागि मानसिक रूपमा तयार नभएको हो कि भन्ने पनि प्रश्न उठाएका छन्। पण्डितले अर्जेन्टिनाका फरवार्डलाई आफ्नो बहिर्गमनबाट बाहिर निस्किन नसकेको वा फ्रान्सेली फुटबलमा घुलमिल हुन नसकेको सङ्केत दिएको हुनुपर्छ, तर पेटिटले यस पक्षलाई विस्तारमा बताएनन्।

“मलाई थाहा छ कि यो मान्छेसँग ठूलो अहंकार छ, तर कुनै समयमा, उनले यो बुझ्नु पर्छ कि जबसम्म ऊ ठीक छैन, विशेष गरी मानसिक रूपमा, ऊ फेरि बार्साको मेस्सी बन्न सक्षम हुनेछैन,” पेटिटले थपे, “मलाई आशा छ कि सिजनको अन्त्य सम्म, हामी महान मेसीलाई देख्न सक्षम हुनेछौं, तर यो समयमा भने यो सम्भव छैन।”

मेस्सीले रियल म्याड्रिड विरुद्धको दोस्रो लेगको खेलमा राम्रो प्रदर्शन गर्न सक्छन् वा आलोचना झनै चर्को हुनेछ कि भनेर हेर्नु रोचक हुनेछ।

प्रकाशित : आइतबार, फागुन ०८, २०७८१७:५४

“रोनाल्डो-मेस्सीको तुलना नगरौं, उनीहरुलाई हेरेर आनन्द लिनुपर्छ, अब धेरै समय छैन”