युनाइटेडलाई लिड्सको चुनौती: खेल कुन च्यानलमा हेर्ने ?

एजेन्सी – प्रिमियर लिगमा आज म्यानचेस्टर युनाइटेडले लिड्स युनाइटेडको सामना गर्दैछ। शिर्ष चारमा रहेर च्याम्पियन्स लिगका लागि छनौट हुने अभियानमा रहेको युनाइटेडले लिड्सको सामना गर्न लागेको हो। लिड्स र युनाइटेड बीचको खेल लिड्सको घरेलु मैदानमा हुनेछ।

लिड्स विरुद्ध युनाइटेड जित्नै पर्ने दबावमा हुनेछ। प्रिमियर लिग शिर्ष चारको प्रतिष्पर्धा कठिन बन्दै गइरहेको हुँदा लगातार जित निकाले मात्र युनाइटेड शिर्ष चारमा रहनेछ।

युनाइटेड अहिले प्रिमियर लिगको चौंथो स्थानमा रहेको छ। प्रिमियर लिगका २५ खेल खेल्दा युनाइटेडले १२ खेलमा जित निकालेको छ भने ६ खेलमा हार बेहोरेको छ। त्यस्तै युनाइटेडले ७ खेलमा भने बराबरी खेलेको छ।

त्यस्तै लिड्स भने प्रिमियर लिगको १५ औं स्थानमा रहेको छ। सिजनका २३ खेल खेल्दा लिड्सले ५ जित निकाल्दा १० खेलमा हार बेहोरेको छ। त्यस्तै ८ खेल भने उसले बराबरी खेलेको छ।

रोनाल्डोले खेल्ने सम्भावना कति ?

गत खेलमा लामो गोल खडेरी तोडेका क्रिस्टियानो रोनाल्डो आज पनि खेल्ने उच्च सम्भावना छ। रोनाल्डो आज गोल गर्दै गोल खडेरीको पूरानो दुखलाई भुलाउने मुडमा हुनेछन्। प्रिमियर लिगमा रोनाल्डोले युनाइटेडका लागि कुल छ खेल खेलेका छन्। जसमा उनले ९ गोल गरेका छन्।

खेल नेपाली समय अनुसार आज राति ७ बजेर ४५ मिनेटमा शुरु हुनेछ। लिड्स र युनाइटेड बीचको खेल भारतीय च्यानल स्टार स्पोर्ट्स सेलेक्ट वानमा हेर्न सकिनेछ।

प्रकाशित : आइतबार, फागुन ०८, २०७८१७:०६

भोलि यस्तो भए नेपाल विश्वकप छनोटको सेमिफाइनल पुग्ने पक्का !