महाशिवरात्रिको दिन चम्किनेछ यी ५ राशिको भाग्य, मिल्नेछ भगवान शिवको विशेष कृपा

काठमाडौँ : हिन्दू पञ्चाङ्ग अनुसार हरेक वर्ष फाल्गुण कृष्णपक्षको चतुर्दशी तिथिको दिन मनाइने महाशिवरात्रि पर्व यो वर्ष फाल्गुन १७ गते अर्थात् मार्च १ तारिख मंगलवारको दिन परेको छ। महाशिवरात्रिको दिन भगवान शिवको विधिवत पूजा गरिन्छ। ज्योतिष शास्त्र अनुसार यो वर्ष महाशिवरात्रिमा विशिष्ट योग बन्नेछ।

मकर राशिको १२ औँ भावमा पञ्चग्रही योग बन्ने छ। मकर राशिमा यस दिन मङ्गल र शनिसँगै शुक्र, बुध र चन्द्रमा पनि रहनेछन्। साथै सूर्य र बृहस्पतिको पनि संयोग रहनेछ। यसबाहेक वृष राशिको चौथो भावमा राहु रहनेछ, जबकि वृश्चिक राशिको १० औँ भावमा केतु रहनेछ। जसकारण महाशिवरात्रिको दिन ५ राशिका जातकका लागि अत्यन्तै भाग्यशाली रहनेछ। यी राशिका जातकमाथि भगवान शिवको विशेष कृपा रहनेछ।

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

मेष राशिका लागि महाशिवरात्रि निकै शुभ रहनेछ। यस दिन मेष राशिका मानिसहरूले भगवान शिवको विशेष कृपा प्राप्त गर्नेछन्। यससँगै मनोकामना पूरा हुने योग बन्नेछ।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

वृष राशिका व्यक्तिलाई पुत्र प्राप्त हुन् सक्छ। साथै महाशिवरात्रिको दिन विशेष लाभ प्राप्त गर्न सकिन्छ। यस दिन शिवलि;_ङ्गमा समीको पात र घ्यु चढाउँदा मनोकामना पूरा हुन्छ।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

महाशिवरात्रिको दिन मिथुन राशिका व्यक्तिहरूले केही शुभ समाचार पाउन सक्छन्। साथै यस दिन भोलेनाथको विशेष आशीर्वाद प्राप्त हुनेछ। दाम्पत्य जीवनमा सुख मिल्नेछ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

महाशिवरात्रिको दिन सिंह राशिका व्यक्तिहरूलाई विशेष लाभ मिल्नेछ। यस दिन गाईको घ्यु र चिनी मिसाएर चढाउँदा मनोकामना पूरा हुन्छ। साथै सबै प्रकारका समस्याहरू हट्नेछन्।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

महाशिवरात्रिको दिन कर्कट राशिका व्यक्तिहरूले भगवान शिवको कृपा प्राप्त गर्नेछन्। यस दिन भगवान शिवलाई रुद्राभिषेक गर्नाले जीवनका सबै समस्या हटेर जान्छ। साथै भगवान शिवको कृपाले दुःखबाट मुक्ति मिल्नेछ।

प्रकाशित : आइतबार, फागुन ०८, २०७८२२:००

अबको ३ दिनमा बद्लिनेछ यी राशिका मानिसको भाग्य, हुनेछ अपार धन प्राप्ति !