न्यायका देवता शनिको स्थितिमा सानो परिवर्तनले पनि मानिसको जीवनमा ठूलो प्रभाव पार्छ। त्यसैले ज्योतिषीय हिसाबले शनिको स्थानलाई निकै महत्वपूर्ण मानिएको छ। सन् २०२२ को कुरा गर्ने हो भने यस वर्षको पहिलो महिना २२ जनवरीमा शनिदेवले आफ्नै राशि मकर राशिमा अस्त भएका थिए। अबको ३ दिनपछि अर्थात २४ जनवरीको दिन शनिको उदय हुँदैछ। शनिको उदयले ३ राशिको कुण्डलीमा राजयोग बनाउँदैछ। तसर्थ, यो समयले यी व्यक्तिहरूलाई धेरै धन, प्रसिद्धि र सफलता दिनेछ।
मेष राशि
ज्योतिष शास्त्रका अनुसार मेष राशिका व्यक्तिको कुण्डलीमा शनिदेवको उदयले राजयोगको सृजना हुनेछ। यो योगले मेष राशिका मानिसलाई पद, धन, प्रसिद्धि सबै प्रदान गर्छ। राजनीतिमा लागेकाहरुका लागि यो समय वरदान जस्तै रहनेछ। उनीहरूले ठूलो पद पाउन सक्छन्। रोजगारीमा रहेका मानिसलाई नयाँ प्रतिष्ठित काम प्रस्ताव प्राप्त हुनसक्छ। कार्यक्षेत्रमा पदोन्नती हुने सम्भावना रहेको छ। यस राशिका मानिसहरुका लागि आर्थिक लाभ हुने प्रबल सम्भावना छ।
वृष राशि
शनिको उदयबाट बन्ने राजयोगले वृष राशिका व्यक्तिको भाग्यमा वृद्धि हुनेछ। हरेक काममा सफलता मिल्नेछ। धन लाभ हुनेछ। नयाँ कामको थालनी गर्न समय निकै शुभ रहेको छ। राजनीतिमा प्रवेश गर्न चाहनेहरूका लागि यो समय राम्रो छ।
कर्कट राशि
कर्कट राशिका लागि यो समय करियर–व्यवसायका लागि निकै राम्रो रहनेछ। विशेषगरी शनि (तेल, पेट्रोलियम, खानी, फलाम) सम्बन्धि व्यापार गर्नेहरूले विशेष लाभ पाउन सक्छन्। साझेदारीमा काम सुरु गर्न सक्नुहुन्छ वा पहिलेदेखि नै भइरहेको काम विस्तार हुनसक्छ।