हिजो बढेको सुनको मूल्य आज घट्यो ! कति ?

काठमाडौँ – साताको दोस्रो दिन आज सोमबार सुनको मूल्य घटेको छ। साताको पहिलो दिन आइतबार सामान्य रुपले बढेको सुनको मूल्य आज घटेको हो।

नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा ४ सय रुपैंयाँले घटेको छ। जससँगै नेपाली बजारमा छापवाला सुनको मूल्य ९६ हजार २ सय रुपैंयाँ कायम भएको छ।

त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि ४ सय रुपैंयाँले नै घटेको छ। महासंघले दिएको जानकारी अनुसार नेपाली बजारमा तेजाबी सुन प्रतितोला ९५ हजार ७ सय रुपैंयाँमा कारोबार भइरहेको छ।

चाँदीको मूल्य

आज सुन मात्र नभई चाँदीको मूल्य पनि घटेको छ। महासंघले दिएको जानकारी अनुसार आज चाँदीको मूल्य तोलामा रु ५ ले घटेको छ। नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार ३ सय रुपैंयाँमा कारोबार भैरहेको छ।

प्रकाशित : सोमबार, फागुन ०९, २०७८११:१३

‘माओवादी केन्द्रमा फर्किने र प्रवेश गर्ने लहर चल्यो’