एट्लेटिको मड्रिडका स्ट्राइकर लुइस सुआरेजले शनिबार ओसासुनासँगको ला लिगाको भिडन्तमा आफ्नो कमजोर खुट्टाले ४० गज टाढाबाट उत्कृष्ट गोल गर्दै आफ्नो टोलीलाई जीत दिलाउन मद्दत गरे।

उरुग्वेली स्टार खेलाडीले एल सदर स्टेडियममा डिएगो सिमोनको पक्षलाई जित दिलाउने क्रममा सिजनको आफ्नो नवौं लिग गोल निकै उत्कृष्ट शैलीमा गरे। पूर्व बार्सिलोना स्ट्राइकरका साथै जोआओ फेलिक्स र एन्जेल कोरियाले पनि गोल गरेको खेलमा एट्लेटिकोले ओसासुनालाई ३-० को फराकिलो अन्तरले पराजित गरेको छ।

तर सुआरेजको उत्कृष्ट लामो दूरीको गोलले सबै हेडलाइनहरू चोरेरो छ जसको उत्कृष्ट प्रहारले विपक्षी गोलकिपर सर्जियो हेरेरालाई बिट गर्दै जाली चुम्न सफल भयो।
HIGHLIGHTS | @joaofelix70, @LuisSuarez9 and @AngelCorrea32 lead @atletienglish to victory! 🔱
🎬 #OsasunaAtleti pic.twitter.com/jEnvinahmw
— LALIGA English (@LaLigaEN) February 19, 2022
जीतपछि म्याड्रिडको २५ खेलबाट ४२ अंक भएको छ। जससँगै एट्लेटिको अंक तालिकाको पाँचौं स्थानमा रहेको छ। चौंथो स्थानको बार्सिलोनाको पनि समान ४२ अंक रहेको छ। तर ब्लाउग्रानाले म्याड्रिडले भन्दा एक खेल कम खेलको छ।

२५ खेलबाट ५७ अंकका साथ रियल म्याड्रिड लिगको शिर्ष स्थानमा कायम नै रहेको छ भने दोस्रो स्थानको सेभिल्लाको समान खेलबाट ५१ अंक रहेको छ। त्यस्तै, रियल बेटिस ४६ अंकका साथ तेस्रो स्थानमा रहेको छ।

