फाल्गुन महिनाको श्रीपञ्चमी आज फागुन ९ गते परेको छ। यस महिनाको पञ्चमीलाई श्रीपद पञ्चमी पनि भनिन्छ। लक्ष्मीको कृपा प्राप्त गर्न यो तिथिलाई विशेष मानिन्छ। वास्तवमा पञ्चमी तिथीको देवता कुबेरलाई मानिन्छ। ज्योतिष शास्त्रका अनुसार यस दिन केही विशेष उपाय गर्नाले धन र वैभव बढ्छ। जानौँ आज साँझको समयमा के–के विशेष उपाय अपनाउनुपर्छ।
फाल्गुन श्रीपञ्चमीको दिन आज बेलुका गर्नुहोस् यी उपाय
शास्त्र अनुसार श्रीपञ्चमीको साँझमा लक्ष्मीको पूजा गर्नु शुभ मानिन्छ। वास्तवमा सोमबार श्रीपञ्चमी परेको कारण लक्ष्मीको पूजा आराधना अझ विशेष मानिएको छ। यस्तो अवस्थामा सूर्यास्तपछि लक्ष्मीलाई अबीर चढाउनुपर्छ। यसपछि रातो रंगको कपडामा बाँध्नुहोस्। अबिरसँग रातो रङको गुलाल पनि राख्नुहोस्। त्यसपछि ओम श्रीपादाय नमः जप गर्दै यसलाई धन राख्ने स्थानमा राख्नुहोस्। यसो गर्नाले वर्षभारी धनको कमी हुँदैन।
फाल्गुन श्रीपञ्चमीको पूजाको नियम
लक्ष्मीको पूजा गर्दा सेतो वा गुलाबी रंगको कपडा लगाउनु पर्छ। साथै माता लक्ष्मीको यस्तो मूर्तिको पूजा गर्नुहोस्, जसमा उनी गुबली कमलको फूलमा विराजमान छिन् र उनको हातबाट धनको वर्षा भइरहेको छ। पूजाको समयमा माता लक्ष्मीलाई गुलाबी कमलको फूल चढाउँदा अझ लाभ मिल्नेछ।