कतिपय मानिसहरु जीवनमा पैसालाई विशेष महत्व दिदैनन्। जसका कारण पैसा खर्च गर्दा एक पटक पनि सोच्दैनन्। ज्योतिष शास्त्रमा यस्ता ५ वटा राशिहरु छन्, जुसँग सम्बन्ध रहेका मानिस पैसालाई आफ्नो हातको फोहोर मान्ने गर्छन्। यी राशिका मानिस पैसा पानी जसरी बगाउन पनि तयार हुन्छन्। आउनुहोस् जानौं ती राशिका बारेमा।
वृष राशि
वृष राशिका मानिसहरु निकै खर्चिलो मानिन्छन्। यी मानिस विलासिताको पछाडि धेरै पैसा खर्च गर्छन्। महँगो चीजहरूको शौखले तिनीहरूलाई सबैभन्दा धेरै अलग बनाउँछ। सामान्यतया यो राशिका मानिसहरुलाई सस्तो चिज मन पर्दैन। यसका साथै यो राशिका मानिसहरुको शौख पनि कुनै रईसको भन्दा कम छैन।
सिंह राशि
सिंह राशिका व्यक्तिहरू पैसा खर्च गर्ने मामिलामा अरूभन्दा अगाडि हुन्छन्। सिंह राशिका मानिसहरु पैसालाई खासै महत्व दिदैनन्। पैसा खर्च गर्ने मामिलामा उनीहरु आफुमा मात्रै सिमित हुँदैनन्, अरुको लागि पनि धेरै पैसा खर्च गर्छन्। यसका साथसाथै यो राशिका मानिसहरु अरुलाई उपहार दिनको लागि महँगो सामान किन्ने गर्छन्। यसका साथै यस राशिका मानिसको जीवनशैली पनि उच्च हुन्छ।
धनु राशि
धनु राशि भएका व्यक्तिहरूलाई आफ्नो जीवनमा धेरै सफल मानिन्छ। पैसा खर्च गर्ने मामिलामा यी मानिसको कुनै सीमा हुँदैन। यही कारणले गर्दा यो राशिका मानिसहरुको महँगो शौखले उनीहरुलाई अरुबाट अलग बनाउँछ।
मकर राशि
मकर राशिका मानिसहरु मेहनती र जोशीला हुन्छन्। यस राशिका मानिसहरु धेरै मेहनत गरेर पैसा कमाउँछन् र खर्च गर्दा भने एक पटक पनि सोच्दैनन्। तर, यो राशिका मानिसले धेरै मोलतोल गरेर मात्र कुनै पनि चीज खरिद गर्ने गर्छन्।