नेपालको सानदार बलिङ : ८१ रनको लक्ष्य, सेमी-फाइनल खेल्ने पक्का-पक्कि !

नेपालले सानदार बलिङ गरेपछि आइसिसी विश्वकप टि२० विश्वकप छनोट ए मा क्यानडाले ८१ रनको सामान्य लक्ष्य दिएको छ । ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–१ टस जितेर पहिला ब्याटिङ थालेको १५ क्यानडा ८० रनमा अल आउट भयो ।

क्यानडका १० औं नम्बरका ब्याटर डिलन हेलिगरले २२ बलमा १ चौका र २ छक्कासहित सर्वाधिक २४ रनमा अविजित रहे । कप्तान नवनित धालिवाल १८ रनमा आउट भए । एक समय राम्रो सुरुवात गरेको ओमान ४.२ ओभरमा ३५–१ को अवस्थामा रहेको क्यानडाले बाँकी ९ विकेट मात्र १३ रनमा गुमाएपछि १०.१ ओभरमा ४८–९ को दयनिय अवस्थामा पुगेको थियो । अन्तिम विकेटका लागि डिलन र सलमान नजारले ३२ रनको साझेदारी गरेका थिए । सलमान १० रनमा आउट भए ।

तीव्र गतिका बलर कमलसिंह ऐरीलाई पहिलो ओभरको पाँचौं बलमा ओपनर म्याथ्यू स्पोर्सलाई फाइनल लेगमा कुशल भुर्तेलबाट शून्यमा क्याच गराए । ओपनर स्पोर्स शून्यमा आउट भएपनि धालिवाल र रयान खान पठानले राम्रो सुरुवात दिलाएका थिए। कमलले नै कप्तान नवनित धालिवाललाई लोकेश बमबाट १८ रनमा क्याच गराए । कमलले पाँचौं ओभरको तेस्रो बलमा क्यानडाका प्रमुख ब्याटर धालिवाललाई पेभेलिएनको बाटो देखाए ।

उनले १४ बलमा २ चौका र १ छक्का प्रहार गरे । त्यो समय क्यानडा ४.३ ओभरमा ३५–२ को अवस्थामा थियो । त्यसपछि क्यानडा विकेट लगातार एकपछि अर्को गुम्यो । ओपनर रयान खान पठान ११ बलमा १ चौका र १ छक्कासहित १४ रनमा रन आउट भए । छैटौैं ओभरको दोस्रो बलमा उनी रन आउट हुन पुगे । पठान रन आउट हुनु क्यानडालाई भारी पर्यो । त्यसपछि क्यानडाका ब्याटर क्रिजमा टिक्न सेकनन् ।

प्रमुख तीन विकेट पावर प्लेमा लिएपछि नेपालले सानदार सुरुवात गर्यो । यसै ओभरको अन्तिम बलमा रविन्द्रपाल सिंह एक रनमा आसिफ शेखबाट क्याच आउट भए । अर्को ओभरको अन्तिम बलमा सन्दीपले हम्जा तारिकलाई १ रनमा एलबीडब्लू आउट गर्दा क्यानडा ४१–५ को संकट अवस्थामा पुगेको थियो । साद विन जाफर २ रनमा रन आउट भए । तल्लोक्रमका कलिम सना १, जुनैद सिद्दिक २, हम्जा तारिक १ रनमा आउट भए ।

सन्दीप लामिछानेले ४ ओभरमा १२ रन खर्चेर ३ विकेट लिए । कमलसिंह ऐरीले ३ ओभरमा १६ रन खर्चेर २ विकेट लिए । अभिनाश बोहराले ३ ओभरमा ७ रन खर्चेर २ विकेट लिए । कुशल मल्लको नाममा १ विकेट रह्यो । नेपाल यो जितसँगै शीर्ष स्थानमा रहेर समूह बी को विजेता रुपमा सेमिफाइनलमा पुग्नेछ । सेमिफाइनलमा नेपालले समूह ए को उपविजेता युएईसँग खेल्नेछ ।

प्रकाशित : सोमबार, फागुन ०९, २०७८१७:१०

मेस्सीले छाडेपछिकै बलियो अवस्थामा बार्सिलोना, पहिला भन्दा झनै घातक देखियो !