एजेन्सी – युरोपका लगभग सबै शिर्ष लिगहरुमा सन् २०२१-२२ को सिजनका लगभग ७० प्रतिशत खेल सकिँदैछन्। लगभग सबै लिगमा लिग उपाधिका लागि प्रतिष्पर्धा जारी छ। यस बीचमा च्याम्पियन्स लिग पनि शुचारु भैसकेको छ। अहिले च्याम्पियन्स लिगका अन्तिम १६ का खेलहरु भइसकेका छन्।
यी सबै भइरहँदा आज हामी वर्तमान अवस्थामा सबै भन्दा उत्कृष्ट कुन क्लब उत्कृष्ट छ भने चर्चा गर्दैछौं। अहिलेको अवस्थामा युरोपका सबै भन्दा उत्कृष्ट पाँच क्लब क्रमअनुसार निम्न छन्। निम्न रहेका क्लबहरु मध्ये एकले च्याम्पियन्स लिग जित्ने पनि देखिन्छ।
नम्बर ५: रियल म्याड्रिड
वर्तमान अवस्थामा रियल म्याड्रिड पहिला भन्दा केहि कम्जोर देखिएको छ। करिम बेन्जेमा घाइते भएपछि कम्जोर अवस्थामा पुगेको रियल अहिले लयमा फर्किने क्रममा छ। च्याम्पियन्स लिग अन्तिम १६को पहिलो लेगमा रियल पेरिस सेन्ट जर्मेन(पिएसजी)सँग पराजित भएको थियो। च्याम्पियन्स लिगको पहिलो लेगमा पराजित भएपनि रियलले पुनरागमन गर्ने सम्भावना भने पक्कै छ।
नम्बर ४ : पेरिस सेन्ट जर्मेन(पिएसजी)
लियोनेल मेस्सी, नेयमार र किलियन एम्बाप्पे जस्ता स्टार खेलाडी भएको पिएसजीले च्याम्पियन्स लिगको पहिलो लेगमा रियल म्याड्रिडलाई हराएको थियो। च्याम्पियन्स लिगमा रियललाई पराजित गरेपनि पिएसजी पूरा लयमा भने छैन। पिएसजीलाई हालको अवस्थामा युरोपको चौंथो उत्कृष्ट क्लबको रुपमा लिन सकिन्छ।
नम्बर ३ : लिभरपुल
हालको अवस्थामा लिभरपुल एकपटक पुनः घातक देखिएको छ। लिभरपुलसँग अहिले उत्कृष्ट भन्दा उत्कृष्ट स्ट्राइकरहरु छन्। साथै लिभरपुलसँग जुन स्तरका डिफेन्डर र मिडफिल्डर छन् ती सायदै अन्य क्लबसँग होलान्। लिभरपुल प्रिमियर लिगको उपाधि होडमा पनि छ। प्रिमियर लिग उपाधिका लागि लिभरपुलले म्यानचेस्टर सिटीलाई पछ्याइरहेको छ। त्यस्तै लिभरपुलले च्याम्पियन्स लिगको पहिलो लेगमा पनि जित निकालिसकेको छ।
नम्बर २ : बायर्न म्युनिख
पछिल्लो समय बुन्डेसलिगामा बायर्न म्युनिखको वर्चस्व रहेको छ। सन् २०१२-१३ देखि यता उनीहरुले लगातार बुन्डेसलिगा जितिरहेका छन्। जारी सिजनमा पनि बायर्नको स्पष्ट ६ अंकको अग्रता छ। घरेलु लिगमा मात्र नभई च्याम्पियन्स लिगमा पनि बायर्नको प्रदर्शन धेरै राम्रो रहेको छ। च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा बायर्नले जित निकाल्न नसकेपनि बायर्न च्याम्पियन्स लिगको मुख्य दाबेदार हो।
नम्बर १ : म्यानचेस्टर सिटी
म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगको अन्तिम १६ मा शानदार जित निकालिसकेको छ। एक हिसाबले भन्ने हो भने सिटी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरिसकेको छ। त्यस्तै सिटी प्रिमियर लिगमा पनि बलियो अवस्थामा छ। प्रिमियर लिगको दोस्रो स्थानमा रहेको लिभरपुल भन्दा सिटी ६ अंकले अगाडी छ।

