ह्वात्तै बढ्यो सुनको भाउ, १६ महिना यता कै महँगो भयो !

काठमाडौँ – हप्ताको तेस्रो दिन सुनको मूल्य ह्वात्तै बढेको छ। हप्ताको महिनाको पहिलो दिन बढेर दोस्रो दिन घटेको सुनको मूल्य आज बढेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा ८ ​सय रुपैंयाँले बढेको छ। जससँगै छापावाला सुनको मूल्य ९७ हजार रुपैंयाँ कायम भएको छ।

त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि ८ सय रुपैंयाँले नै बढेको छ। महासंघले दिएको जानकारी अनुसार नेपाली बजारमा तेजाबी सुन प्रतितोला ९६ हजार ५ सय रुपैंयाँमा कारोबार भइरहेको छ।

यस अगाडी छापावाला आइतबार ९६ हजार ६ सय रुपैंयाँमा कारोबार भएको थियो भने हिजो सोमबार ९६ हजार २ सय रुपैंयाँमा कारोबार भएको थियो। त्यस्तै तेजाबी सुनको मूल्य भने आइतबार ९६ हजार १ सय रुपैंयाँ र सोमबार ९५ हजार ५ सय रुपैयाँ कायम भएको थियो। मंगलबार कायम भएको सुनको मूल्य २०७७ साल कार्तिक २४ गते यता कै महँगो रहेको छ।

चाँदीको मूल्य

आज सुन मात्र नभई चाँदीको मूल्य पनि बढेको छ। महासंघले दिएको जानकारी अनुसार आज चाँदीको मूल्य तोलामा रु १५ ले बढेको छ। नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार ३ सय १५ रुपैंयाँमा कारोबार भैरहेको छ।

प्रकाशित : मङ्गलबार, फागुन १०, २०७८११:२२

नेप्सेमा दोहोरो अङ्कको वृद्धि: मैलुङ खोलाको शेयरमा सर्किट लाग्दा कुन-कुन बढे ?