‘घरेलु लिगमा जे जस्तो प्रदर्शन गरुन्, च्याम्पियन्स लिगमा भने रोनाल्डोले कमाल गर्छन्’

एजेन्सी – प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो गएको केहि समय देखि कम्जोर लयमा छन्। युभेन्टसबाट युनाइटेड आएयता उनले जुन स्तरको प्रदर्शन गर्छन् भन्ने थियो, त्यो स्तरको खेल प्रदर्शन गर्न सकिरहेका छैनन्।

पछिल्लो दुई खेल अगाडी सम्म रोनाल्डो करियरकै प्रमुख गोल खडेरीबाट गुज्रिरहेका थिए। गोल खडेरी तोडिएपनि रोनाल्डो सन्तोषजनक अवस्थामा भने देखिँदैदैनन्। प्रिमियर लिगमा कम्जोर प्रदर्शन गरिरहे पनि उनले च्याम्पियन्स लिगमा राम्रो प्रदर्शन गर्ने धेरैको अपेक्षा छ।

हुन त रोनाल्डो च्याम्पियन्स लिगमा धेरै राम्रो प्रदर्शन गर्ने खेलाडीमा पर्छन्। रोनाल्डोलाई ‘मिस्टर च्याम्पियन्स लिग’ भनेर पनि चिनिन्छ। जसकारण धेरैले च्याम्पियन्स लिगको अन्तिम १६ मा रोनाल्डोले उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिरहेका छन्।

म्यानचेस्टर युनाइटेडका पूर्वखेलाडी तथा रोनाल्डोका पूर्वसहकर्मी वेस ब्राउन पनि सोहि आशामा छन्। यहि बुधबार राति हुँदा गरेको एट्लेटिको म्याड्रिड विरुद्धको खेलमा रोनाल्डोले राम्रो प्रदर्शन गर्ने ब्राउनको आशा छ।

एक अन्तर्वार्ताको क्रममा ब्राउनले घरेलु लिगमा भन्दा च्याम्पियन्स लिगमा रोनाल्डोले एक स्तर माथिको खेल प्रदर्शन गर्ने बताए। च्याम्पियन्स लिगमा रोनाल्डो छुट्टै स्तरमा प्रस्तुत हुने उनको बुझाई छ।

“रोनाल्डो मिस्टर च्याम्पियन्स लिग हुन्। होइनन् र ? च्याम्पियन्स लिग घरेलु लिग भन्दा धेरै भिन्न छ। रोनाल्डो घरेलु लिगमा भन्दा च्याम्पियन्स लिगमा एक स्तर माथि हुन्छन्।”,ब्राउनले भने।

प्रकाशित : मङ्गलबार, फागुन १०, २०७८१२:२५

“मेस्सी पीएसजीका बोझ हुन्, आलोचना किन गर्न पाइंदैन र ?”