च्याम्पियन्स लिगमा आज दुई खेल हुँदै ! कुन खेल कुन च्यानलमा हेर्ने ?

एजेन्सी – गत साता देखि शुरु भएको च्याम्पियन्स लिग राउण्ड अफ १६ अन्तर्गत आज राति दुई खेल हुँदैछन्। च्याम्पियन्स अन्तिम १६ मा आज राति दुई खेलमा चार टोली भिड्न लागेका हुन्।

आज राति साविक विजेता चेल्सीले फ्रेन्च क्लब लिलको सामना गर्दैछ। समूचरणका खेलमा उपविजेता भन्दा अन्तिम १६ मा प्रवेश गरेको चेल्सीले लिलको सम्म गर्न लागेको हो। खेल चेल्सीको घरेलु मैदानमा नेपाली समय अनुसार १ बजेर ४५ मिनेटमा शुरु हुनेछ।

समूह चरणका खेलमा चेल्सीले ६ खेल मध्ये ४ खेलमा जित निकालेको थियो। त्यस्तै १ खेलमा भने चेल्सी पराजित भएको थियो। लिल भने समूह विजेताको रुपमा अन्तिम १६ प्रवेश गरेको हो। समूहचरणका खेलमा लिलले ३ खेलमा जित निकाल्दा १ खेलमा हार बेहोरेको थियो। चेल्सी र लिल बीचको खेल भारतीय च्यानल सोनी टेन २ मा हेर्न सकिनेछ।

त्यस्तै अर्को खेलमा इटालियन क्लब युभेन्टसले स्पेनिस क्लब भिल्लारियलको सामना गर्नेछ। खेल भिल्लारियलको घरेलु मैदानमा हुनेछ। युभेन्टस समूह विजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको हो भने भिल्लारियल उपविजेताको रुपमा। युभेन्टसले समूहचरणमा ६ खेल मध्ये १ खेलमा मात्रै हार बेहोरेको थियो।

बाँकी ५ खेलमा उसले जित निकालेको थियो। भिल्लारियलले भने समूहचरणका ६ खेल मध्ये मात्रै ३ खेलमा जित निकालेको थियो। भिल्लारियल र युभेन्टस बीचको खेल भारतीय च्यानल सोनी टेन १ मा हेर्न सकिनेछ।

प्रकाशित : मङ्गलबार, फागुन १०, २०७८१४:०३

हालाण्ड बार्सिलोना आए लड्न तयार छन् औबामेयाङ, तारिफ गरेर थाकेनन् !