“पिएसजी आगो हुँदैछ, कसैले रोकेर रोकिँदैन”

एजेन्सी – फ्रान्सका पूर्व विङ्गर फ्लोरेन्ट मालोडाका अनुसार लियोनेल मेस्सी र पेरिस सेन्ट जर्मेन(पिएसजी)ले चेल्सीकी दोस्रो पटक च्याम्पियन्स लिग जित्न बाट रोक्न सक्छन्। एक अन्तर्वार्ताका क्रममा मालोडाले चेल्सीलाई मेस्सी र पिएसजीले दोस्रो पटक च्याम्पियन्स लिग जित्न नदिने बताएका हुन्।

पिएसजी च्याम्पियन्स लिग जित्ने अभियान सहित अगाडी बढिरहेको र क्लबमा रहेका खेलाडीहरु बीच राम्रो तालमेल हुन सकेको खण्डमा पिएसजीको योजना सफल हुने मालोडाको भनाई छ। पिएसजीले च्याम्पियन्स लिग जित्नको नै मेस्सीलाई भित्र्याएको पनि उनले स्मरण गरे।

आक्रमणपङ्तीमा राम्रो तालमेल हुन सकेको खण्डमा पिएसजी धेरै घातक सावित हुने पनि मालोडाले बताए। उनले भने,”पिएसजीले मेस्सीलाई च्याम्पियन्स लिग जित्नैको लागि भित्र्याएको हो। पिएसजी च्याम्पियन्स लिग जित्न धेरै इच्छुक छ। आक्रमणपङ्तीमा राम्रो ब्यालेन्स हुने हो भने पिएसजी धेरै घातक हुन सक्छ।”

पिएसजीसँग लियोनेल मेस्सी, नेयमार र किलियन एम्बाप्पे जस्ता खेलाडी सहितको आक्रमणपङ्ती छ। यी तीन खेलाडीको ट्रियोलाई हालको अवस्थामा विश्वकै उत्कृष्ट ट्रियोको रुपमा हेरिएपनि अपेक्षा गरिए जस्तो प्रदर्शन गर्न भने सकेका छैनन्।

तर मालोडा भने यी तीन खेलाडी बीच छिट्टै नै तालमेल मिल्ने बताउँछन्। पिएसजीका खेलाडीहरुले आत्मविश्वास पाउने बितिकै पिएसजी आगो हुने उनको विश्वास छ।

“जब पिएसजीका खेलाडीहरुले आत्मविश्वास पाउँछन्, तब उनीहरु आगो हुनेछन्। उनीहरु रोकेर रोकिने छैनन्।”,मालोडाले भने।

प्रकाशित : मङ्गलबार, फागुन १०, २०७८१६:३२

बार्सिलोनाका पूर्व खेलाडीले भने – ‘हालाण्ड भन्दा औवामियाङ उत्कृष्ट’