निकै विशेष हुनेछ २०२२ को पहिलो ग्रहण, यी ३ राशिलाई अत्यन्त शुभ !

सन् २०२२ मा २ चन्द्रग्रहण र २ सूर्यग्रहण लाग्नेछ। जसमध्ये पहिलो ग्रहण अप्रिल ३० मा लाग्दैछ। जुन सूर्यग्रहण हुनेछ। पञ्चाङका अनुसार यो ग्रहण वैशाखको औंशीको दिन भरणी नक्षत्र र मेष राशिमा लाग्नेछ। विशेष कुरा यो छ कि यस ग्रहणको समयमा सूर्यसँगै चन्द्रमा पनि मेष राशिमा रहनेछ। नेपालमा यो ग्रहणको दृष्य नदेखिएपनि सबैको जनजीवनमा यसको प्रभाव पर्ने पर्नेछ। जान्नुहोस् कुन ३ राशिका लागि यो ग्रहण सबैभन्दा शुभ साबित हुनेछ।

मेष राशि 

यो राशिका मानिसहरुका लागि सूर्यग्रहण फलदायी रहनेछ। आर्थिक अवस्था राम्रो रहनेछ। कुनै पनि पुरानो लगानीबाट राम्रो पैसा कमाउन सकिन्छ। कार्यस्थलमा तपाईंको कामको उच्च प्रशंसा हुनेछ। यो गोचर व्यापारीहरूका लागि पनि फाइदाजनक साबित हुनेछ। लाभदायक सम्झौता हुन सक्छ। यात्राबाट राम्रो आम्दानी गर्न सकिनेछ। सरकारी जागिर खानेहरुका लागि समय निकै अनुकुल रहनेछ।

सिंह राशि 

यो ग्रहण यस राशिका मानिसहरुका लागि निकै शुभ रहनेछ। हरेक काममा सफलता मिल्ने सम्भावना छ। जागिर खोज्नेहरुका लागि पनि समय निकै शुभ रहनेछ। राम्रो कामको प्रस्ताव आउन सक्छ। पदोन्नतिको प्रबल सम्भावना छ। नयाँ कामको थालनी गर्न सकिनेछ। अधुरा इच्छा पूरा हुने सम्भावना छ।

धनु राशि 

सूर्य ग्रहणले यस राशिका मानिसका लागि शुभ फल दिनेछ। कार्यस्थलमा तपाईंको कामको उच्च प्रशंसा हुनेछ। केही ठूला आवसर हात लाग्न सक्छन्। नयाँ योजनामा ​​काम गर्न सकिनेछ। विदेश जाने सपना पूरा हुनसक्छ। लगानीका हिसाबले पनि समय शुभ देखिन्छ।

प्रकाशित : मङ्गलबार, फागुन १०, २०७८१७:०२

आज फाल्गुन १० गते मंगलबार,अनुकुल-प्रतिकुल कस्तो रहला तपाईको दिन? हेर्नुहोस् राशिफल!