एट्लेटिको भर्सेस युनाइटेड: के भन्छ इतिहाँस ?

एजेन्सी – बुधबार राति च्याम्पियन्स लिगमा प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले एट्लेटिको म्याड्रिडको सामना गर्दैछ। समूहचरणबाट समूह विजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको युनाइटेडले एट्लेटिको म्याड्रिडको सामना गर्न लागेको हो।

च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेशका लागि बुधबार हुने खेल दुवै क्लबका लागि महत्वपूर्ण हुनेछ। युनाइटेड र एट्लेटिको दुवैको प्रदर्शन घरेलु लिगमा सन्तोषजनक छैन। युनाइटेड प्रिमियर लिगको चौंथो स्थानमा रहेको छ भने एट्लेटिको लालिगाको पाँचौ स्थानमा रहेको छ।

युनाइटेडले च्याम्पियन्स लिग समूहचरणका खेलमा ६ खेल मध्ये ३ खेल मा जित निकाल्दा १ हार बेहोरेको थियो। त्यस्तै एट्लेटिकोले भने समूचरणमा मात्रै २ जित निकालेको थियो भने ३ खेलमा हार बेहोरेको थियो।

युनाइटेड र एट्लेटिको बीच अहिले सम्म कमै मात्र भेट भएका छन्। यी दुई बीच पछिल्लो पटक सन् १९९१-९२ को युइएफए कपको दोस्रो राउण्डमा भेट भएको थियो। त्यसबेला पहिलो लेगमा एट्लेटिको ३-० ले विजयी भएको थियो भने दोस्रो लेग १-१ को बराबरीमा टुंगिएको थियो।

त्यससमय यता यी दुई क्लब बीच कहिले पनि प्रतिष्पर्धा भएको छैन। बुधबार राति यी दुई टोली ३१ वर्षपछि आमने-सामने हुनेछन्। युनाइटेड ३१ वर्ष पूरानो बदला लिने दाउमा हुनेछ भने एट्लेटिको इतिहाँस दोहोर्याउने दाउमा हुनेछ।

प्रकाशित : मङ्गलबार, फागुन १०, २०७८१८:०५

पोचेटिनोलाई रियलले हाइज्याक गर्ने, युनाइटेडलाई कडा झड्का !