युभेन्टसले अग्रता जोगाउन सकेन, भिल्लारियलसँग रोकियो !

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा स्पेनिस क्लब भिल्लारियल र इटाललियन क्लब युभेन्टेसले बराबरी खेलेका छन् ।

घरेलु मैदानमा भिल्लारियलले एक गोलले पछि परेको स्थितिमा युभेन्ट्ससँग १–१ गोलको बराबरी खेलेको हो । खेलको पहिलो मिनेटमै युभेन्ट्सले अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा युभेन्ट्स बराबरीमा रोकिन परेको हो । युभेन्ट्सका लागि डुसान भ्लाहोभिचले गोल गर्दा भिल्लारियलका ड्यानियल पारेजोले बराबरी गोल फर्काए ।

भिल्लारियलमा मंगलबार राति भएको खेलको ३२ सेकेन्डमै डुसान भ्लाहोभिचको गोलबाट युभेन्ट्सले सुरुवाती अग्रता लिएको थियो । डानिलोको लामो पासलाई नियन्त्रणमा लिदै भ्लाहोभिचले च्याम्पियन्स लिगमा डेब्यु गोल गर्न सफल भएका हुन् ।

१३औं मिनेटमा अल्वर्टाे मोरेनोको पासमा जियोभानी लो सेल्सोको प्रहार पोस्टमा लागेर फर्कदा घरेलु टोली बराबरीबाट चुक्यो । १६औं मिनेटमा स्यामुइल चुकविजीले माटिया डि स्किजलियोलाई बिट गर्दै दिएको पासमा एर्नाउट डानजुमाको ब्याकहिल प्रयासलाई युभेन्ट्सका गोलरक्षक वजसिएस सिजेस्नीले डाइभ दिदै बचाए ।

२६औं मिनेटमा भ्लाहोभिचको पासमा म्यानुयल लोकाटेलीको प्रहार आकासियो । ३८औं मिनेटमा भ्लाहोभिचको पासमा वेस्टन म्याकिनीको प्रहारलाई राहुल एल्वियोलले विफल पार्दा युभेन्ट्स अग्रता दोब्बर पार्नबाट चुक्यो ।

६६औं मिनेटमा ड्यानिलय पारेजोले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले इटिनी कापोविको पासमा बराबरी गोल गर्न सफल भएका थिए । ८५औं मिनेटमा जुआन कोर्डाडोको पासमा भ्लाहोभिचले पाउ टोरेसलाई बिट गर्दै गरेको प्रहारलाई गोलरक्षक जेरोनिमो रुल्लीले बचाउँदा युभेन्ट्स जितबाट वञ्चित बन्यो ।

यो बराबरीसँग दुवै टोलीको क्वाटरफाइनल पुग्ने सम्भावना जीवित छ । युभेन्ट्सलाई अवे गोलको फाइदा हुनेछ । दोस्रो लेगमा यही नतिजा कायम रहे युभेन्ट्स क्वाटरफाइनलमा पुग्नेछ । भिल्लालाई कम्तीमा १–० को जितको खाँचो छ । दोस्रो लेग युभेन्ट्सको मैदानमा १७ मार्चमा हुँदैछ ।

प्रकाशित : बुधबार, फागुन ११, २०७८०८:२५

च्याम्पियन्स लिगमा चेल्सीको सहज जित !