हिजो १६ महिना कै महँगो भएको सुन आजै घट्यो, कति पुग्यो ?

मंगलबार १६ महिनाकै महँगो भएको सुनको मूल्य आज भने ओरालो लागेको छ। सोमबारको तुलनामा मंगलबार ८ सय रुपैयाँले बढेको सुनको भाउ बुधबार भने ५ सयले घटेको हो।

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ५०० ले ओरालो लागेर रु ९६ हजार ५०० तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९७ हजार कारोबार भएको थियोे ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार तोकिएको छ । जसको मूल्य मङ्गलबार प्रतितोला रु ९६ हजार ५०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले बढेर रु एक हजार ३२० पुगेको महासङ्घले जनाएको छ ।

सुनको मूल्य 

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८९६ डलर आसपास कारोबार भइरहेको छ ।

प्रकाशित : बुधबार, फागुन ११, २०७८१२:२२

शेयर बजार: आज सबै भन्दा बढी यी दुई कम्पनीका शेयर मूल्य बढे !