डुसान भ्लाहोभिकले फेब्रुअरी २२ मा भिल्लारियलमा राउन्ड अफ १६ को पहिलो लेगको खेल भन्दा पहिले च्याम्पियन्स लिगमा कहिल्यै खेलेका थिएनन्, तर युभेन्टसले जनवरीमा अनुबन्ध गरेको स्टारलाई प्रतियोगितामा प्रभाव पार्न भने एक मिनेट पनि लागेन।

भ्लाहोभिकले युभेन्टसलाई ३३ सकेन्ड मै अग्रता दिलाए, जसको क्रममा उनी च्याम्पियन्स लिगको इतिहासमा डेब्यु खेलमा सबैभन्दा छिटो गोल गर्ने खेलाडी बनेका छन्। गत समरमा म्यानचेस्टर युनाइटेडमा फर्किएपछि क्रिष्टियानो रोनाल्डोको स्थानमा भ्लाहोभिकलाई क्रिस्टियानो रोनाल्डोको स्थानमा युभेन्टसले किन अनुबन्ध गर्न उत्सुक रहेको थियो भन्ने पूर्व फियोरेन्टिना स्टारले देखाएका छन्।

यस्तोमा रोनाल्डोको स्थानमा क्लबमा अनुबन्ध भएका भ्लाहोभिकले युभेन्टसमा रोनाल्डोले पनि गर्न नसकेको काम गर्ने क्लब समर्थकले आशा गरेका छन्। रोनाल्डोले युभेन्टसका लागि ठूलो योगदान पुर्याएकोमा कुनै शंका छैन – उनले क्लबका लागि १३४ खेलमा १०१ गोल गरेका छन्। अब भने भ्लाहोभिकले क्लबको आक्रमणको नेतृत्व गर्दा युभेन्टसले भविष्यका लागि टोली तयार पार्दैछ।

के भ्लाहोभिकले इटालियन क्लबमा पूर्व रियल म्याड्रिड स्टार क्रिस्टियानो रोनाल्डोले भन्दा पनि बढी प्रभाव पार्न सक्लान् त ? यसको मतलब २२ वर्षीय स्टार खेलाडीले युभेन्टसलाई च्याम्पियन्स लिग उपाधि जिताउन सफल होलान् त ?

