एजेन्सी – प्रिमियर लिगमा आज लिभरपुलले लिड्स युनाइटेडको सामना गर्दैछ। उपाधि होडमा म्यानचेस्टर सिटीलाई पछ्याइरहेको लिभरपुलले लिड्सको सामना गर्न लागेको हो।
जारी सिजनमा उच्च प्रदर्शन गरिरहेको लिभरपुलको सामना गर्न लिड्सलाई सहज भने हुने छैन। साथै आज हुने खेल लिभरपुलको घरेलु मैदान एनफिल्डमा पनि हुँदैछ। आज हुने खेलमा लिड्स अन्डरडगको रुपमा मैदानमा उत्रने छ।
लिभरपुल यतिबेला प्रिमियर लिगको दोस्रो स्थानमा रहेको छ। लिभरपुल सिटी भन्दा मात्रै ६ अंकले पछाडी छ। सिटी भन्दा एक कम खेल्दा लिभरपुलले ५७ अंक बनाएको छ। जारी सिजनका २५ खेल मध्ये १७ खेलमा जित निकाल्दा लिभरपुलले मात्रै दुई खेलमा हार बेहोरेको छ। त्यस्तै ६ खेलमा भने लिभरपुलले बराबरी खेलेको छ।
आजको खेलमा जित निकाल्न सकेको खण्डमा सिटीसँगको अंक दूरी ३ मा घट्नेछ। त्यस्तै बराबरी खेलेको खण्डमा भने लिभरपुल सिटी भन्दा पाँच अंकको दूरीमा हुनेछ। उता लिड्स भने प्रिमियर लिगको १५ औं स्थानमा रहेको छ। लिड्सले जारी सिजनमा २४ खेल खेल्दा ५ खेलमा मात्रै जित निकालेको छ। यस्तै ११ खेलमा भने लिड्सले हार बेहोरेको छ।
खेल लिभरपुलको घरेलु मैदानमा नेपाली समय अनुसार रातको १ बजेर ३० मिनेटमा शुरु हुनेछ। लिड्स र लिभरपुल बीच हुने खेल भारतीय च्यानल स्टार स्पोर्ट्स सेलेक्ट वानमा हेर्न सकिनेछ।

