“च्याम्पियन्स लिगमा रोनाल्डोलाई हरेक खेलमा गोलको गन्ध आउँछ”

म्यानचेस्टर युनाइटेडका मिडफिल्डर ब्रुनो फर्नान्डिसले क्रिस्टियानो रोनाल्डोलाई युइएफए च्याम्पियन्स लिगमा एथ्लेटिको मड्रिडविरुद्ध फेरि एकपटक चम्किने आशा गरेका छन्।

रेड डेभिल्सले बुधबार राति राउण्ड अफ १६ को पहिलो लेगमा एट्लेटिकोको सामना गर्न वान्डा मेट्रोपोलिटानोमा यात्रा गर्नेछ। म्यानचेस्टर युनाइटेड पछिल्ला २ खेलमा दुई जीतका साथ राम्रो लयमा म्याड्रिडको घरेलु मैदानमा पुग्नेछ। तर, क्रिस्टियानो रोनाल्डोले सबै प्रतियोगितामा पछिल्ला ८ खेलमा मात्र एक गोलका साथ निकै संघर्षपूर्ण लयमा रहेका छन्।

यद्यपि, पोर्चुगिजको एट्लेटिको म्याड्रिड विरुद्ध राम्रो रेकर्ड छ। रोनाल्डोले ३५ पटक एट्लेटिको म्याड्रिडको सामना गरिसकेका छन् र उक्त ३५ खेलमा उनले साबिक लालिगा विजेता विरुद्ध २५ गोल गरेका छन्। ३७ वर्षीय स्टारले डिएगो सिमोनको टोली विरुद्ध ४ ह्याट्रिक समेत गरेका छन्। त्यसैले, बुधबारको खेलमा पुन: एकपटक सबै नजर रोनाल्डो माथि हुनेछ।

यस्तोमा युनाइटेड मिडफिल्डर फर्नान्डेजले च्याम्पियन्स लिगमा रोनाल्डोलाई गोल गर्ने बानी परेको बताएका छन्। उनले भने, “क्रिस्टियानोले यो प्रतियोगिता धेरै पटक जितेका छन्। सबैलाई थाहा छ यस प्रकारको प्रतिस्पर्धामा उनलाई गोल गर्न आउँछ, विभिन्न कुरा गर्न आउँछ। तर सबैले पहिलो पटक जितेका नै हुन्छन्। कहिलेकहीं कसैसँग बढी अनुभव हुन्छ।”

“”जब क्रिस्टियानोले पहिलो जित हासिल गरे, उनी सायद सबैभन्दा प्रभावशाली खेलाडी थिएनन् र सबैभन्दा अनुभवी थिएनन्। तर उनले जसरी पनि जिते र धेरै पटक टोलीलाई च्याम्पियन्स लिग जिताउन मद्दत गरे,” उनले थपे।

प्रकाशित : बुधबार, फागुन ११, २०७८१७:०८

नक्कली जग्गा धनीपुर्जा देखाएर ३३ लाख झ्वाम् पारेपछि …