अभिनेता पल शाहविरुद्ध जाहेरी दर्ता, दोषी ठहरिए १२ वर्षसम्म हुनसक्छ जेल सजाय !

काठमाडौं । अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणी सम्बन्धि कसूरमा किटानी जाहेरी परेको छ। गायिका समीक्षा अधिकारीले अभिनेता शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय, तनहुँमा किटानी जाहेरी दिएकी हुन्।

जिल्ला प्रहरी कार्यालय तनहुँले यसबारे औपचारिक रूपमा जानकारी प्राप्त नभएता पनि प्रहरी स्रोतले जानकारी दिए अनुसार गायिका समिक्षाले पल विरुद्ध जिल्ला प्रहरी कार्यालय, तनहुँमा किटानी जाहेरी दिएकी हुन्। यसअघि जिल्ला प्रहरी कार्यालय, कास्कीमा जाहेरी दिएपनि घटनास्थल तनहुँ भएकाले तनहुँमै दर्ता गर्नको लागि प्रहरीले सुझाव दिएपछि समिक्षा आफ्नो समस्या लिएर जिल्ला प्रहरी कार्यालय तनहुँ पुगेकी हुन्।

शाहमाथि बालिकालाई प्रेम सम्बन्धमा पारेर जबरजस्ती करणी गरेको आरोप लागेको छ। एक म्यूजिक भिडियोको सुटिङका क्रममा तनहुँमा हुँदा शाहले ‘फकाएर’ जबर्जस्ती करणी गरेको अभियोग रहेको छ।

मुलुकी अपराध संहिताको दफा २१९ अनुसार १८ वर्षभन्दा कम उमेरकी बालिकासँग सहमतिमै यौ-न सम्बन्ध राखे पनि त्यसलाई जबरजस्ती कर-णी मानिन्छ। समिक्षा अहिले १७ वर्षकी छिन्। १६ वर्षदेखि १८ वर्ष उमेरकी बालिकासँग यौ-न सम्बन्ध राखेमा १० देखि १२ वर्षसम्म जेल सजाय हुन सक्ने मुलुकी अपराध संहितामा उल्लेख छ।

यस्तोमा, समिक्षाले दिएको उजुरीमा छानविन भई पल दोषी ठहरिएको खण्डमा अभिनेतालाई १० देखि १२ वर्षको जेल सजाय हुने व्यवस्था मुलुकी अपराध संहितामा रहेको छ।

प्रकाशित : बुधबार, फागुन ११, २०७८१७:५०

लिभरपुललाई क्लोपको चेतावनी-‘युद्धका लागि तयार नभए लीड्सले काँच्चै खानेछ’