अन्तत पलले सार्वजनिक गरे आफुलाई फसाउन खोज्ने ४ व्यक्तिको अडियो क्लिप,को-को हुन?

काठमाडौँ – गायिका समीक्षा अधिकारीद्वारा बुधबार आफूमाथि ज-बरजस्ती करणीको जाहेरी दर्ता भएपछि अभिनेता पल शाहले बिहिबार प्रमाणसहित सामाजिक संजालमा ५ अडियो क्लिप सार्वजनिक गरेका छन्। अडियो क्लिपअनुसार उनलाई आफ्नै प्रतिस्पर्धि साथिहरुले फसाउन खोजिएको देखिन्छ।

अभिनेता पलले सामाजिक  संजालमा लेखेको स्टाटस जस्ताको तस्तै:

नमस्कार म पल शाह
म आज केहि आफ्नो मनमा लागेको कुरा भन्न जादैछु। सायद अहिले सम्म मलाई हजुरहरु सबैले आफ्नो मन देखी निकालि सक्नु भएको होला र गाली गलौच पनि गर्दै हुनुहुन्छ होला तर पनि म तपाईहरु सामु म माथी गरिएको षड्यन्त्रको बारेमा प्रस्ट्याउन चाहन्छु । केहि दिन अगाडी प्रसारित अडियो क्लिपमा गायिका समीछ्या अधिकारी द्वारा म माथी सुन्न नसकिने खालको कुराहरु गर्नुभयो र जुन आरोप म माथी लगाईएको छ ति सबै नियोजित र षडयन्त्र पूर्वक ढङ्गले म माथी प्रहार गरिएको छ ।

उक्त अडियो क्लिपमा भनिए अनुसार ” पलले म सुतिराको अवस्थामा मलाई सिरक ओडायो अनि जवर्जस्ती गर्न खोज्यो” , “हाम्रो सम्बन्ध २ बर्ष अगाडी देखी भएको अनि १ बर्ष पछी मात्र मेरो गर्लफ्रेन्ड छ भन्यो” साथै ” घरबेटी र उसको म्यानेजरसँग मिलेर मलाई मार्न लगाइयो ” लगाएत बिभिन्न सुन्नै नसकिने कुराहरु भनिएको छ त्यो सबै गलत हो र यसको प्रमाण म दिन गईरहेको छु र सबै अडियो क्लिप सुनिसकेर के ठिक र के बेठिक भएको छ तपाईंहरु भगवान रुपी दर्शक, मिडियाकर्मी साथीहरुले औंलाईदिनुहोला ।

यदी म दोशी भए नेपालको कानुन बमोजिम सजाय भोग्न तयार छु । र जुन व्यक्तिहरुले गायिका समिछ्या अधिकारिलाई प्रयोग गरेर नियोजित ढङ्गले षड्यन्त्र गर्ने ति व्यक्ती हरुको नाम यस प्रकार रहेको छ ।

१- साथी दुर्गेश थापा
२- ठुल्दाई सरोज ओलि
३- भाई कृष्ण जोशी
४- सम्राट चौलागाई

प्रकाशित : बिहिबार, फागुन १२, २०७८१०:१६

एमसिसीमा सहयोग नगरे गठबन्धन टुट्ने पौडेलको धम्की !