काठमाडौँ – गायिका समीक्षा अधिकारीद्वारा बुधबार आफूमाथि ज-बरजस्ती करणीको जाहेरी दर्ता भएपछि अभिनेता पल शाहले बिहिबार प्रमाणसहित सामाजिक संजालमा ५ अडियो क्लिप सार्वजनिक गरेका छन्। अडियो क्लिपअनुसार उनलाई आफ्नै साथिहरुले फसाउन खोजिएको उनले बताएका छन्। उनले आफूलाई फसाउन खोजेको भन्दै ४ जनाको नाम समेत सार्वजनिक गरेका छन्।
अभिनेता शाहले बिहिबार बिहान एक लामो पोष्ट लेख्दै आफू दोषी भए कानुन अनुसारको सजाय भोग्न तयार रहेको समेत बताएका छन्। पलले आफूलाई फसाउन खोज्नेमा साथी दुर्गेश थापा, ठुल्दाई सरोज ओलि, भाई कृष्ण जोशी र सम्राट चौलागाई रहेको स्पष्ट रूपमा उल्लेख गरेका छन्। यो विषय अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ।
यस्तोमा, कलाकार दीपकराज गिरीले सोही घटनालाई सङ्केत गर्दै एक पोष्ट लेखेका छन्। उनले रामायणको उदाहरण दिँदै दुर्गेशलाई पलको भाई बनेर धोका दिएको सङ्केत गर्न खोजेका छन्। उनी लेख्छन्,”रामले युद्द जीते किनकि पछाडि बॉदर सेना नै भिषण थिए.. रावण ले युद्द हारे किनकि उनका पछाडि बिभिषण हरू थिए … शुभदिन !!!”
यस्तो छ पल शाहले सामाजिक सञ्जालमा लेखेको पोष्ट:-
नमस्कार म पल शाह
म आज केहि आफ्नो मनमा लागेको कुरा भन्न जादैछु। सायद अहिले सम्म मलाई हजुरहरु सबैले आफ्नो मन देखी निकालि सक्नु भएको होला र गाली गलौच पनि गर्दै हुनुहुन्छ होला तर पनि म तपाईहरु सामु म माथी गरिएको षड्यन्त्रको बारेमा प्रस्ट्याउन चाहन्छु । केहि दिन अगाडी प्रसारित अडियो क्लिपमा गायिका समीछ्या अधिकारी द्वारा म माथी सुन्न नसकिने खालको कुराहरु गर्नुभयो र जुन आरोप म माथी लगाईएको छ ति सबै नियोजित र षडयन्त्र पूर्वक ढङ्गले म माथी प्रहार गरिएको छ ।
उक्त अडियो क्लिपमा भनिए अनुसार ” पलले म सुतिराको अवस्थामा मलाई सिरक ओडायो अनि जवर्जस्ती गर्न खोज्यो” , “हाम्रो सम्बन्ध २ बर्ष अगाडी देखी भएको अनि १ बर्ष पछी मात्र मेरो गर्लफ्रेन्ड छ भन्यो” साथै ” घरबेटी र उसको म्यानेजरसँग मिलेर मलाई मार्न लगाइयो ” लगाएत बिभिन्न सुन्नै नसकिने कुराहरु भनिएको छ त्यो सबै गलत हो र यसको प्रमाण म दिन गईरहेको छु र सबै अडियो क्लिप सुनिसकेर के ठिक र के बेठिक भएको छ तपाईंहरु भगवान रुपी दर्शक, मिडियाकर्मी साथीहरुले औंलाईदिनुहोला ।
यदी म दोशी भए नेपालको कानुन बमोजिम सजाय भोग्न तयार छु । र जुन व्यक्तिहरुले गायिका समिछ्या अधिकारिलाई प्रयोग गरेर नियोजित ढङ्गले षड्यन्त्र गर्ने ति व्यक्ती हरुको नाम यस प्रकार रहेको छ ।
१- साथी दुर्गेश थापा
२- ठुल्दाई सरोज ओलि
३- भाई कृष्ण जोशी
४- सम्राट चौलागाई