राष्ट्र उत्थान लघुवित्तकाे आइपिओ आज बाँडफाँड हुँदै, कति मानिस बन्लान् भाग्यमानी ?

काठमाडौँ – राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ)को बाँडफाँड आज (फागुन १२ गते, बिहीबार) हुँदैछ। कम्पनीले फागुन ४ गते देखि फागुन ८ सम्मका लागि सर्वसाधारणका लागि आइपिओ निष्कासन गरेको थियो।

निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडका अनुसार उक्त आईपीओकाे बाँडफाँड आज दिउँसाे ३ बजेपछि क्यापिटलकाे कार्यालय, लाजिम्पाट, काठमाडाैँमा हुने भएको हो।

कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु आठ करोड ५० लाख मूल्य बराबरको आठ लाख ५० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ)को बिक्री खुला गरेको थियो।

साधारण शेयरमध्ये पाँच प्रतिशत अर्थात् ४२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको थियो शून्य भने दशमलव पाँच प्रतिशत अर्थात् १३ हजार कित्ता साधारण शेयर कर्मचारीका लागि सुरक्षित गरिएको थियो। बाँकी सात लाख ९४ हजार ५०० कित्ता सर्वसाधारणको भागमा परेको थियो।

अन्तिम दिनसम्ममा २६ लाख २६ हजार ९० जना आवेदकहरुबाट ३ करोड ४ लाख ३१ हजार ३७० कित्ता शेयर माग भएको थियो। यो माग भए भन्दा ३८ गुणा बढी आवेदन हो। बाँडफाँड पश्चात ७९ हजार ४ सय ५० जनाको भाग्य चम्किनेछ।

कम्पनीको हाल चुक्ता पूँजी रु १७ करोड ५० लाख रहेकामा सर्वसाधारणलाई खरिदका लागि खुला गरेको शेयरको बाँडफाँडपश्चात चुक्ता पूँजी रु २६ करोड पुग्नेछ।

प्रकाशित : बिहिबार, फागुन १२, २०७८११:५१

एमसिसीमा सहयोग नगरे गठबन्धन टुट्ने, चुनावको घोषणा हुने !