राष्ट्र उत्थान लघुवित्तकाे आईपीओ बाँडफाँड, यसरी हेर्नुहोस् रिजल्ट ?

काठमाडौँ – राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ)को बाँडफाँड आज (फागुन १२ गते, बिहीबार) सम्पन्न भएको छ। कम्पनीले फागुन ४ गते देखि फागुन ८ सम्मका लागि सर्वसाधारणका लागि आइपिओ निष्कासन गरेको थियो।

कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु आठ करोड ५० लाख मूल्य बराबरको आठ लाख ५० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ)को बिक्री खुला गरेको थियो।

साधारण शेयरमध्ये पाँच प्रतिशत अर्थात् ४२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको थियो शून्य भने दशमलव पाँच प्रतिशत अर्थात् १३ हजार कित्ता साधारण शेयर कर्मचारीका लागि सुरक्षित गरिएको थियो। बाँकी सात लाख ९४ हजार ५०० कित्ता सर्वसाधारणको भागमा परेको थियो।

अन्तिम दिनसम्ममा २६ लाख २६ हजार ९० जना आवेदकहरुबाट ३ करोड ४ लाख ३१ हजार ३७० कित्ता शेयर माग भएको थियो। जसमध्ये, ५ हजार ८ सय ५९ जनाकाे रद्द थिए । २५ लाख ७९ हजार ४ सय २ जना याेग्य थिए । गाेलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी ७९ हजार ४ सय ५० जनाले १० कित्ता सेयर प्राप्त गरेका छन् ।

कसरी हेर्ने रिजल्ट ? 

सार्वजनिक भएको रिजल्ट अर्थात कम्पनीकाे आईपीओको नजिता ४ तरिकाबाट हेर्न सकिनेछ।

सिडिएस एण्ड क्लियरिङ लिमिटेडको वेबसाइट (AllotmentResult (cdsc.com.np) बाट, बिक्री प्रबन्धक  एनआईबिएल एस क्यापिटल लिमिटेडकाे वेबसाइट (NIBL Ace Capital (niblcapital.com) , कम्पनीको वेबसाइट र मेराे सेयरमा गई एप्लिकेसन रिपोर्टमा गएर पनि हेर्न सकिन्छ।

प्रकाशित : बिहिबार, फागुन १२, २०७८१५:३५

बलेफी हाइड्रोपावरको आइपिओ आवेदनको म्याद थप !