आज फाल्गुन १४ गते शनिबार,शुभ-अशुभ कस्तो रहला तपाईको दिन? हेर्नुहोस् आजको राशिफल !

मेष – चु,चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

तपाईको आसपासको आफन्तसँग उग्र चर्चा नहोस् यस कुराको ध्यान राख्नुहोला। शारीरिक र मानसिक रूपले व्यग्रता अनुभव  गर्नुहुनेछ। । अनिन्द्राको कारण स्वास्थ्य बिग्रिन सक्ला।  बौद्धिक चर्चाले  आनन्द प्राप्त हुनेछ।

वृष  – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

भावनाको बन्धनमा बाधिएको अनुभव हुनेछ। कार्य दिनमा सम्पन्न हुनाले आनन्दको मात्रा  बढ्नेछ। भाईबहिनीबाट लाभ मिल्नेछ।  शारीरिक र मानसिक रूपले प्रफुल्लितता अनुभव गर्नुहुनेछ। आर्थिक लाभ होला। मध्यान्न पछि स्थिति विपरीत हुनेछ। पैसाको खर्च हुनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

नकारात्मक मानसिक व्यवहार नराख्नुहोला। असन्तोषको भावनाले मन ग्रस्त हुनेछ। पारिवारिक वातावरणमा मेलमिलाप हुनेछ। शारीरिक रूपले स्वस्थ रहनु हुनेछ। मध्यान्नपछि तपाईको मन प्रफुल्लित  रहनेछ। नयाँ कार्यको प्रारम्भ नगर्नुहोला। आफन्तको भेटले मन आनन्दित रहनुहुनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

भावनाको प्रवाहमा नबहनुहोला। छोटो यात्रा वा पर्यटन होला। स्वास्थ्य खराब हुन सक्छ। मध्यान्नपछि तपाईको मनमा निराशाको भावना रहनेछ। अनैतिक प्रवृत्तिले मन भ्रष्ट नहोस् यस कुराको ध्यान राख्नुहोला। खर्च हुनेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कुनैपनि निर्णय लिने स्थितिमा नरहनुहोला। पारिवारिक कार्यपछि खर्च हुनेछ। बोलीमा ध्यान राख्नुहोला। गलत धारणा टाढा गर्नुहोला। आफन्तसँग मनमुटाव हुनेछ। मध्यान्नपछि साथी र आफन्तसँग बहेको भेटले मन प्रसन्न रहनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

दिन मध्यम फलदायी रहनेछ।  परिस्थिति अनुकूल रहनेछ। शारीरिक र मानसिक रूपले सुखशान्ति रहनेछ। व्यवसायिक क्षेत्रमा वातावरण अनुकूल रहनेछ। मध्यान्नपछि मनको स्थिति दुविधापूर्ण रहनेछ। बोलि र व्यवहारमा ध्यान राख्नुहोला। धनहानिले  मानहानि हुनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

पारिवारिक वातावरण आनन्ददायक रहनेछ। परिवारको सदस्यसँग प्रेमपूर्ण वर्तन रहनेछ। घरको सजावट परिवर्तन गर्नुहुनेछ। यसकारण  मानसिक स्वस्थता वृद्धि हुनेछ।  व्यवसायमा उच्च अधिकारीको तर्फबाट लाभ मिल्नेछ। आर्थिक आयोजन निष्ठापूर्वक सम्पन्न गर्नुहुनेछ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

भाग्यवृद्धिको दिन रहेको छ। विदेश स्थित आफ़बाट राम्रो समाचार प्राप्त गर्नुहुनेछ। शारीरिक र मानसिक स्वास्थ्य राम्रो रहनेछ।  धार्मिक यात्राको सम्भावना रहेको छ। व्यवसायमा पदोन्नतिको योग रहेको छ। प्रत्येक कार्य सफल हुनेछ। गृहस्थजीवन आनन्दपूर्ण रहनेछ ।

धनु -ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

शारीरिक स्वास्थ्य स्वस्थ रहनेछ। निषेधात्मक विचारले तपाईको स्वस्थमा नकारात्मक असर पर्नेछ। त्यसैले वैचारिक स्तरमा ध्यान राख्नुहोला। मध्यान्नपछि शारीरिक र मानसिक स्वास्थ्य प्रफुल्लित हुनेछ। आकस्मिक धनप्राप्तिको योग रहेको छ।  मित्र र आफ़न्तसँग आनन्दपुर्वक  समय बिताउनुहुनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

दिन परिवारसँग आनन्दपुर्वक बित्नेछ। मध्यान्नपछि तपाईको मनले व्यग्रताको अनुभव गर्नुहुनेछ। अधिक खर्च हुनेछ। सरकारी कार्यमा विघ्न आउनेछ। अनैतिक कार्यसँग सम्बन्धित प्रवृत्तिमा ध्यान राख्नुहोला ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

दिन सुख-शान्तिपुर्वक बित्नेछ। पारिवारिक जीवनमा आनन्द छाईरहनेछ। शारीरिक र मानसिक स्वस्थता प्राप्त हुनेछ। व्यवसायिक क्षेत्रमा प्रसिद्दि प्राप्त हुनेछ। खर्च हुनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे,दो, च, चि (Pisces)

विजातीय आकर्षणबाट टाढा रहनुहोला। कुनै व्यक्तिसँग चर्चा वा वाद-विवाद नगर्नुहोला। नयाँ कार्यको प्रारम्भ नगर्नुहोला। मध्यान्नपछि स्थितिमा आकस्मिक सुधार आउनेछ। शारीरिक र मानसिक रूपले स्वस्थताको अनुभव गर्नुहुनेछ। व्यवसायिक कार्यालयमा सानुकूल वातावरण रहनेछ ।

प्रकाशित : शुक्रबार, फागुन १३, २०७८१९:४४

भोलि फाल्गुन १४ गते शनिबार,अनुकुल-प्रतिकुल कस्तो रहला तपाईको दिन? हेर्नुहोस् राशिफल !