ज्लाटनलाई एम्बाप्पेले भेट्टाए, काभानीलाई पछ्याउँदै !

एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)का युवा स्टार किलियन एम्बाप्पेले ज्लाटन इब्राहिमोभिचलाई पिएसजी गोलमा भेट्टाएका छन्। शनिबार राति सेन्ट इटिएन विरुद्धको गोलमा दुई गोल गरेसँगै एम्बाप्पेले पिएसजी गोल संख्यामा इब्राहिमोभिचसँग बराबरी गरेका हुन्।

शनिबार राति घरेलु मैदानमा एक गोलले पछि परेको स्थितिमा पिएसजीले सेन्ट इटिएनमाथि ३–१ को सहज जित निकाल्यो। पिएसजीको जितमा एमबाप्पेले दुई गोल गर्दै एक असिस्ट दिएका हुन्।

दुई गोल सँगै पिएसजीका लागि एम्बाप्पेको गोल संख्या १ सय ५६ पुगेको छ। इब्राहिमोभिचले पनि पिएसजीका लागि १ सय ५६ गोल नै गरेका छन्। स्मरण रहोस्, यो गोल संख्या सम्पूर्ण प्रतियोगिताको हो।

एम्बाप्पेले जारी सिजनमा मात्रै २२ गोल गरिसकेका छन्। पिएसजीका लागि कुल ३३ खेल खेल्दा उनले यो संख्यामा गोल गरेका हुन्। यस्तै उनले अहिले सम्म १६ असिस्ट पनि दिसकेका छन्।

पछ्याउँदै काभानी

पिएसजीको इतिहाँसमा सबै भन्दा बढी गोल गर्ने खेलाडी इडिसन काभानी रहेका छन्। सबै प्रतियोगितामा उनले पिएसजीका लागि २ सय गोल गरेका छन्। २ सय गोल पूरा गरेपछि उनी युनाइटेड गएका थिए। अब पिएसजीको सर्वाधिक गोलकर्ताको सूचीमा एम्बाप्पे दोस्रो स्थानमा छन्।

प्रकाशित : आइतबार, फागुन १५, २०७८०९:१३

रुसको आक्रमणका बीच दुई युक्रेनी खेलाडी आमने-सामने हुँदा भए भावुक, दृश्य देख्ने पनि सबै भावुक भए ! [भिडियो सहित]