सिटीले बढायो अग्रता, लिभरपुल ६ अंकले पछाडी !

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीले झिनो जित निकाल्दा म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएको छ ।

शीर्षस्थानमा रहेको सिटीले एभर्टनलाई उसकै मैदानमा १–० ले पराजित गरेको हो । सिटीको जितमा फिल फोडेनले खेलको अन्त्यतिर गरेको गोल नै निर्णायक बन्यो । गुडिसन पार्कमा शनिबार राति भएको खेलमा फोडेनले ८२औं मिनेटमा गोल गर्न सफल भएका थिए ।

यो जितसँगै सिटीले शीर्षस्थानमा ६ अंकको अग्रता लिन सफल भएको छ । सिटीको २६ खेलबाट ६६ अंक पुगेको छ । एक खेल कम खेलेको लिभरपुलको ६० अंक छ । पराजित एभर्टन २४ खेलबाट २२ अंक जोडेर १७औं स्थानमा रहेको छ ।

अर्काे खेलमा म्यानचेस्टर युनाइटेड घरेलु मैदानमा रेलिगेसन जोनमा रहेको वाट्फोर्डसँग गोलरहित बराबरीमा रोकिएको छ । घरेलु मैदानमा वाट्फोर्डलाई दवावमा राखेपनि युनाइटेडले गोल गर्न नसक्दा बराबरीमा रोकिन बाध्य बन्यो ।

यो बराबरीसँगै युनाइटेड २७ खेलबाट ४७ अंक जोडेर चौथौ स्थानमा यथावत रहेको छ । वाट्फोर्ड १९ अंक जोडेर १९औं स्थानमा रहेको छ।

अन्य नतिजा

लिड्सविरुद्ध टोटेनहम (०–४), ब्रेन्टफर्डविरुद्ध न्यूक्यासल (०–२), क्रिस्टल प्यालेसविरुद्ध बर्नले (१–१) र ब्राइटनविरुद्ध एस्टन भिल्ला (०–२)

प्रकाशित : आइतबार, फागुन १५, २०७८०९:४७

गोल गर्न नसक्दा खिस्स परे रोनाल्डो, खेल पछि यस्तो अवस्थामा देखिए ! [भिडियो सहित]