प्रहरीमा आत्मसमर्पण गर्ने पल शाहको घोषणा !

काठमाडौँ – अभिनेता पल शाहले आत्मसमर्पण गर्ने भएका छन्। जबरजस्ती करणीको अभियोग लागेका शाहले आइतबार प्रहरी समक्ष आत्मसमर्पण गर्ने भएका हुन्।

आइतबार सामाजिक सञ्जाल फेसबुक मार्फत शाहले आइतबार प्रहरीसामु आफैं उपस्थित हुने प्रतिवद्धता जनाएका छन्। शाहले अभोयोग दर्ता भएपछि विभिन्न कारणले गर्दा प्रहरीको मा उपस्थित हुन नसकेको पनि फेसबुकमा उल्लेख गरेका छन्।

स्वास्थ्य स्थिती बिग्रिएको र घरको सबै घर व्यवहार मिलाउनु पर्ने भएका कारण प्रहरीकोमा उपस्थित हुन नसकेको शाहले बताएका छन्। साथै गत शुक्रबार देखि प्रदर्शनमा आएको आफ्नो चलचित्रलाई असर नपरोस् भनेर पनि प्रहरीको उपस्थित नभएको शाहको भनाई छ।

“मेरो आफ्नो स्वास्थ्य स्थिति बिग्रिएको हुनाले साथै घरको सबै घर व्यवहार मिलाउनु परेकाले र मेरो फिल्म ‘म यस्तो गित गाउछु-२’ गत शुक्रबारदेखि नेपालभर प्रदर्शन भएका कारण फिल्मलाई असर नपरोस् भनि म प्रहरीसामु उपस्थित हुन नसकेकोमा माफी माग्न चाहन्छु।”,शाहले फेसबुकमा लेखेका छन्।

प्रकाशित : आइतबार, फागुन १५, २०७८११:४०

एमसीसी पारित गर्ने माओवादीको निर्णय !